ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

सामाजिक सञ्जालको लत र विकृतिबाट कसरी बच्ने ?

३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

इन्टरनेट र सूचना प्रविधिको परिष्कृत उत्पादनसँगै अभिभावकत्व प्रदान गर्ने कार्यमा विवेकपूर्ण ब्यवहार गर्नुपर्ने आवश्यकता बढेको छ । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यसँगै असल नागरिक सिप विकास गर्ने, पालनपोषण, स्याहार सुसार गर्ने, संज्ञानात्मक विकाससँगै विभिन्न प्रकारका यान्त्रिक र नरम सिपहरूको विकास गर्ने, सन्तुलित तरिकाले शारीरिक बृद्धि र मानसिक विकास गर्ने र विशेषगरी बालबालिकालाई भविष्यका लागि तयार गर्ने कार्यमा अभिभावकत्वको भूमिका रहन्छ । यसका लागि सुरक्षित वातावरण, स्रोत सामग्रीको उपलब्धता, निर्देशन एवम् परामर्श र सिकाइका लागि अवसर प्रदान गर्ने मुख्य कार्य अभिभावकको हुन्छ ।

बालबालिकाको आवश्यकता पूरा गर्ने मात्र नभएर उनीहरूमा आत्म पहिचान, प्रकृति र मानववीच स्वस्थ सम्बन्ध स्थापना र संसारलाई आत्मसात गर्ने कार्यमा उत्प्रेरित गर्ने कार्यमा अभिभावकको भूमिका हुन्छ । अचेल ब्यस्त जीवनका कारण अभिभावक जैविक बाबुआमाका साथै शिशु स्याहार केन्द्र, बोर्डिङ वा छात्राबासका वार्डेन वा आयाहरू, पालनपोषण गर्ने नातेदार समेतले अभिभावकत्वको भूमिका खेल्नुपर्छ । परिवर्तित परिस्थिति अनुसार अभिभावकको भूमिका पनि परिवर्तन भएको छ । विगतमा सिमित आवश्यकता पूरा गर्ने र सामाजिक ब्यवहार सिकाए हुने अवस्था थियो भने आजकल विज्ञान एवम् सूचना प्रविधिको विकासका कारण बालबालिकाहरूले ती साधनसँग कार्य गर्नुपर्ने र त्यसका लागि उचित वानी विकासमा अभिभावकको भूमिका अपरिहार्य बनेको छ ।

पछिल्ला वर्षहरूमा सूचना प्रविधि साधनहरूको सेवा, कार्यक्षमता र गुणस्तर अत्यधिक बृद्धि भएको छ । विद्युत, इन्टरनेट र कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्हरूको प्रयोग विस्तार भएको छ । हरेक मानिसहरूका लागि प्रविधिको पहुँच र सञ्चालन सिप आधारभूत आवश्यकताका रूपमा पाइएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, शासन, प्रशासन आदि सबै क्षेत्रमा डिजिटल प्रविधिको उपयोग हुने भएकोले यसको पहुँच र प्रयोगमा हरेक मानिसको ध्यान जानु स्वाभाविक हो । इन्टरनेट र ग्याजेट्स् प्राप्त भयो भने हरेक कार्य छिटो, गुणस्तर र सरल तरिकाले सम्पन्न गर्न सकिने भएकोले सवै मानिसहरूले तिनीहरूको प्रयोग बढाउन चाहन्छन् । भनिन्छ– कुनैपनि मानिसले सजिलोसँग हुने कामका लागि दुःख गर्न चाहदैन । तसर्थ सूचना प्रविधिप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।

इन्टरनेटका माध्यमबाट मोबाइल फोन वा कम्प्युटर वा ट्याबलेट आदिमा विभिन्न सामग्री उपलब्ध हुन्छन् । उदाहरणका लागि नवजात शिशुका लागि समेत ध्यान तान्ने खालका भिडियो गीतहरू पाइन्छन् । कतिपय आमाहरूले यी भिडियो देखाउँदै बच्चालाई खुवाउने गरेको पाइन्छ । बालबालिकाका लागि नर्सरी राइम्स्, जनावर, चरा आदिका क्रियाकलाप छन् । यी हेरेर उनीहरू रमाउन सिक्छन् । जब बालबालिकाहरू किशोरावस्थामा पुग्छन् भिडियो गेमहरू खेल्ने, म्यूजिक भिडियोहरू हेर्ने, सामाजिक सञ्जालमा साथी बन्ने बनाउने, पठनपाठनमा एआइ साधनहरूको प्रयोग गर्ने लगायतका ब्यवहार देखाउँछन् ।

बाल्यावस्थादेखि नै विद्युतीय प्रविधिको सम्पर्कमा रहेका बालबालिकाहरू यी साधन सञ्चालनमा अभ्यस्त भैरहेका हुन्छन् । कतिपय बयस्कहरूले आफूलेभन्दा बालबालिकाले यी साधन चलाउन जान्ने भएकोले पनि बालबालिकाको सहज पहुँचमा यी साधनहरू हुने गरेको पाइन्छ । बालबालिकाहरूले जीवनका हरेक पक्षमा सूचना प्रविधिको प्रयोग भएको देख्छन् र उनीहरूले पनि यी साधनहरूको उपयोग गर्न चाहनु स्वाभाविक हो ।

डिजिटल प्रविधिको ब्यापकता बढिरहेको छ । तापनि सावधानी अपनाउनुपर्ने कतिपय पक्षमा अभिभावक स्वयम् सचेत रहने र बालबालिकाहरूलाई समेत सचेततापूर्वक प्रयोग गर्ने वानी बसाल्नु अभिभावकको दायित्व बनेको छ । उदाहरणका लागि मोबाइल फोनको रेडियशनका कारण उनीहरूको मस्तिष्कमा असर पर्ने, आँखा र कानमा असर गर्ने हुन्छ । त्यसैगरी विद्यार्थीहरूले मोबाइल फोनको प्रयोगका कारण मौलिक र सिर्जनात्मक सिप गुमाइरहेका हुन्छन् ।

किनभने उनीहरूले वेबसाइटहरूबाट सारेर गृहकार्य गर्ने, परियोजना कार्य तयार गर्ने र परीक्षामा समेत चिट चोर्ने जस्ता खराब आचरण देखाउँछन् । आजकल विकास भएका च्याटजिपिटि, डिपसिक लगायतका कृत्रिम बौद्धिकता साधनको प्रयोगका कारण पठन एवम् लेखन संस्कृति हराएको छ । कपि र पेस्ट संस्कृति बढेको छ । यसरी सजिलोसँग जतिसुकै जटील समस्याको पनि समाधान क्षणभरमै पाइने भएकोले मेहनत गर्ने बानी हराएको छ ।

कक्षाकोठामा अनुशासनजन्य समस्या बढेको छ । ध्यान दिएर कार्यमा लाग्ने समय अवधि घटेको छ । बेचैनी र छटपटी बढेको छ । विद्यार्थीहरूमात्र होइन शिक्षकहरू समेतले एआइबाट सार्ने र लेखाउने गरेको थाहा पाएपछि विद्यार्थीहरूले शिक्षकलाई स्रोत बताइदिन्छन्, सार्दैनन् । विद्यालय शिक्षाका साथै उच्च शिक्षाका प्रतिवेदन थेसिसहरू प्लेजियारिज्मका शिकार भएका छन् । बालबालिकाले मोबाइलबाट सामग्री कपि पेस्ट मात्र गरेको त छैन, कुनै असाध्यै जटील समस्यको समाधानका लागि खोजिरहेको छ कि ? कुन प्रकारको वेबसाइट प्रयोग गरिरहेको छ ? त्यसको औपचारिकता वा आधिकारिकता वा विश्वसनीयता के छ ? बालबालिकाले शैक्षिक प्रयोजनका लागि मोबाइल फोन उपयोग गरेका छन् भने पनि यी प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।

डिजिटल प्रविधिको धेरै उपयोग सामाजिक सञ्जालका लागि भैरहेको छ । फेसबुक, मेसेञ्जर, ट्वीटर लगायतका सामाजिक सञ्जालको ब्यापकतासँगै विकृति र समस्याहरू पनि बढेका छन् । बालबालिकाले छद्म तरिकाले सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छन् । उदाहरणका लागि फेसबुकले नाबालकलाई स्वीकार गर्दैन । तर उमेर परिवर्तन गरेर, फोटो परिवर्तन गरेर, नाम परिवर्तन गरेर फेसबुक चलाउने गर्छन् । ती फेसबुकमा साथीहरू बनाउने र सञ्चार गर्ने क्रममा समस्या देखिएका छन् ।

कतिपय फेसबुक आइडी बद्नियतसाथ बनाउने, आफूले रोजेको साथीमात्र साथी बनाउने, सुरूमा केही सहजखालका सन्देश सम्प्रेषण गरे पनि विस्तारै सम्बन्ध बढाउने, भेट्ने, नाजायज कार्यहरू गर्ने वा आफूले उपयोग गर्न चाहेको कार्य गर्न नमानेमा फेसबुकमा भएका सन्देश सार्वजनिक गर्ने डर धम्की दिई शारीरिक यातना वा यौन शोषण गर्ने लगायतका गलत कार्य हुने गरेका छन् । तसर्थ आफ्ना नाबालक सन्तानलाई फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गर्न दुरुत्साहन गर्ने, प्रयोग गर्नुपरेमा सन्तानको फेसबुकमा साथीबन्ने, फोटो वा पोष्ट गरिएका सामग्री अध्ययन विश्लेषण गर्ने गर्नुपर्छ ।

सबैभन्दा मुख्य पक्ष भनेको सुरक्षित प्रयोग सम्बन्धी साइबर सेफ्टीको ज्ञान आफू राख्ने र सन्तानलाई पनि सिकाउने गर्नुपर्छ । उदाहरणका लागि साथी चयनमा सतर्कता अपनाउने, आफ्नो पासवर्ड कसैलाई पनि नदिने, वित्तीय कारोबार सार्वजनिक वाइफाईबाट नगर्ने, पासवर्ड परिवर्तन गरिरहने, प्रयोगपछि आइडि लगआउट गर्ने लगायतका बानी बसाउन परामर्श गरिरहनु पर्छ । यात्रामा रहँदाको जानकारी सार्वजनिक गर्नुहुदैन । त्यही समयमा घरमा चोरी वा परीवारमाथि आक्रमण वा सम्पत्ति नोक्सान गर्न उद्यत समूहलाई सहयोग पुग्छ ।

यसैगरी इन्टरनेटका माध्यमबाट हरेक प्रकारका विषयवस्तुमा पहुँच सम्भव छ । ती सबै सामग्री बालबालिकाका लागि उपयोगी हुदैनन् । उदाहरणका लागि वेश्याबृत्तिमा लागेकाहरूका लागि पर्नोग्राफी र ब्लू फिल्म उपयोगीहुन सक्छ । तर विद्यालय वा उच्चशिक्षामा लागेका बालबालिका वा किशोर किशोरीहरूले यी विषयवस्तु हेर्न लागे भने के होला ? तसर्थ उनीहरूको पहुँचमा रहेको मोबाइल वा कम्प्युटरमा कतिपय सेवा निलम्बन गरेर चलाउन दिनुपर्ने हुन्छ । यसतर्फ अभिभावकको ज्ञान र ब्यवहार आवश्यक छ ।

बालबालिकाले धेरै ब्यवहार अभिभावकबाट सिक्छन् । तसर्थ आफूले निरन्तर मोबाइल चलाउने र बालबालिकालाई मोबाइल हेर्ने बारेमा प्रबचन दिने गर्नुको कुनै मूल्य छैन । आजकल मानिसहरू स्क्रिन लतमा परेका छन् । केही क्षणमात्र मोबाइल चलाउन पाएन भने ठूलो चिज गुमाएको महसुस गर्छन् । आफू मोबाइलको लतमा परेको अभिभावकले बालबालिकालाई मोबाइलको सही उपयोग गर्न सहयोग गर्न सक्दैन । तसर्थ अभिभावकले आदर्श ब्यवहार देखाउनु आवश्यक छ । यदि अभिभावकले मोबाइलको प्रयोग कुनै सामान्य ज्ञानको जवाफ पाउन वा जटील समस्याको समाधान भेटाउन गर्नुभयो भने बालबालिकाले पनि त्यसै गर्छन् ।

तर सामाजिक सञ्जालमा अफवाह फैलाउने, तथ्यहीन सन्देश पोष्ट वा शेयर गर्ने, मेसेञ्जरमा कुनै महत्व विनाका गफगाफ गर्ने, टिकटक वा रीलजस्ता सस्तो मनोरञ्जनात्मक सामग्री बनाएर पोष्ट वा शेयर गर्ने गर्नाले आफ्नै छोराछोरीको भविष्यमाथि खेलवाड गरेको ठहर्छ । तसर्थ बालबालिकाले डिजिटल प्रविधिको सही प्रयोग गर्नका लागि अभिभावकका ब्यवहारहरू महत्वपूर्ण हुने भएकोले आफू विवेकी बनौं र सन्तानलाई पनि विवेकी बनाऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?