ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

स्वास्थ्य सेवामा नयाँ आयाम: मन्त्री सारु
३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

बुटवल, ३० असार ।

महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए । अस्पतालमा ‘स्वचालित ल्याव रिपोर्ट डिस्प्याच’को समेत मन्त्री सारुले शुभारम्भ गरे । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारमा ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ भने स्वचालित ल्याव रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफै सम्पूर्ण रिपोर्ट बुझ्न पाउने छन् ।

अस्पतालमा शुभारम्भ गरिएका सेवाहरुको शुभारम्भपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवालाई सबैको पहुँचमा बिस्तार गर्ने सरकारको दायित्व भएको उल्लेख गरे । सहज रुपमा जनताले स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बताउँदै उनले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो अवधिमा गर्दै गएका सुधार तथा सेवामा विशिष्टिकरणले जनविश्वास बढ्दै गएको उल्लेख गरे । प्रदेशका जनताहरुको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर रहेको बताउँदै उनले विकट क्षेत्रका तथा आधारभूत तहका स्वास्थ्य संस्थाहरुमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी पहुँच बिस्तारको योजनामा रहेको बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले खटाएको कुनै पनि ठाउँमा गएर काम गर्न आग्रह गर्दै उनले जनताको सेवाका लागि विधिमा रहेर काम गर्नुपर्नेमा जोड दिए ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा बिस्तारका लागि निरन्तर प्रयत्नशिल भएको दाबी गरे । प्रदेश सरकार तथा संघीय सरकारसँग पनि आवश्यक समन्वय गरी सेवालाई विशिष्टिकृत गर्ने र सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनका लागि बिकास समिति प्रतिवद्ध भएको उल्लेख गरे । प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप अत्याधिक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब जिल्लाका अस्पताल तथा आधारभूत अस्पतालहरुको समेत क्षमता वृद्धिगरी सही व्यवस्थापनबाट जनतालाई सेवा उपलब्ध गराउने कुरामा सरकारले ध्यान दिनुपर्ने बताए । सीमित जनशक्तिले दैनिक रुपमा उपचारका लागि आउने ठूलो जनसङ्ख्यालाई उपचार सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहेको बताउँदै उनले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाहरु बारे जानकारी गराउँदै मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवालाई विशिष्टिकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दाबी गरे । अस्पतालमा पछिल्लो १ वर्षको अवधिान विभिन्न सेवाहरुको बिस्तार गरिएको उनले बताए । सोही अनुसार महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारका लागि म्यामोग्राफी मेशिन जडान गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

संघीय सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत व्यवस्थापन महाशाखाको करिब २ करोड ८० लाख लागतमा म्यामोग्राफी मेशिन खरिद गरी जडान गरिएको उनले जानकारी दिए । इटालियन प्रविधिको यस मेशिनले स्तनको धेरै कोणबाट लगातार एक्स–रे निकाल्नुका साथै यसलाई कम्प्युटर माध्यमबाट थ्रीडी स्वरुपमा पनि देखाउछ जसले गर्दा रोग पहिचान गर्न सजिलो हुन्छ । यो मेशिनले निकै कम विकिरण फाल्ने हुँदा यहाँ काम गर्नेहरुको स्वास्थ्यका लागि पनि उपयुक्त हुने बताउँदै उनले जाडान गरिएको म्यामोग्राफी मेशिनले कुनै पनि महिलामा स्तन क्यान्सर हुने सम्भावनालाई ३÷४ वर्ष पहिले नै पत्ता लगाउन सकिने उल्लेख गरे । यसैगरी अस्पतालमा स्थापना गरिएको ब्रेस्ट क्लिनिकले प्राप्त रिपार्टहरुका आधारमा उपचार सेवा तथा परामर्श सेवा उपलब्ध गराउने बताए ।

पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या दर बढ्दै गएको अवस्थामा अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकले स्वास्थ्य सेवामा ठूलो उपलब्धिको रुपमा लिइएको उनले बताए । म्यामोग्राफीको माध्यमबाट लक्षण नदेखिएको अवस्थामा पनि स्तनभित्र रहेको सानो गाँठो वा टिश्यु परिवर्तन पहिचान गर्न सकिन्छ भने महिलामा क्यान्सर भएको पत्तो प्रारम्भमै लगाउन सहयोग पुर्याउने र उपचारको सम्भावनालाई धेरै बढाउने बताए ।

अस्पतालमा स्थापना गरिएको अर्को नयाँ सेवा ‘स्वाचालित ल्याव रिपोर्ट डिस्प्याच’ मेशिनले सेवाग्राहीले थप सहज हुने अपेक्षा गरिएको मेशु ढकालले बताए । यो मेशिनबाट सेवाग्राही आफैले क्यूआर स्क्यान गरी सम्पूर्ण मेडिकल रिपोर्ट बुझ्न पाउनेछन् । १० लाख लागतमा जडान गरिएको २ वटा डिस्प्याच मेशिनमा सेवाग्राहीले आफ्नो टिकटमा रहेको क्यूआर स्क्यान गरेपछि सम्पूर्ण मेडिकल रिपोर्ट तथा ल्याव रिपोर्टका विवरणहरु पेपरमा प्रिन्टसहित पाउने छन् ।

अस्पतालले सेवा सहजताका लागि यसअघि एसएमएसबाट मेडिकल रिपोर्ट प्राप्त गर्ने प्रविधि, अनलाइन टिकेटिङ, डिजिटल टिकट काउन्टर, फार्मेसीतर्फ क्यास काउन्टरहरु थप गरी भीड व्यवस्थापन, अप्रेशन थिएटर थप लगायतका महत्वपूर्ण सुधारका कामहरु भैसकेको मेसु ढकालले जानकारी गराए । अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?