ट्रेंडिंग:

>> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश

लुम्बिनीका कुर्मी बने क्यालिफोर्निया विश्वविद्यालयमा लेक्चरर 

३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

भैरहवा, ३० असार  ।

लुम्बिनीका युवा अभियन्ता अर्जुन कुर्मीलाई प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्टा बारबराले आमन्त्रित लेक्चररको रूपमा सहभागी हुन आमन्त्रण गरेको छ । यो आमन्त्रणले लुम्बिनी क्षेत्रमा सामाजिक कार्य, पर्यावरण संरक्षण, र नागरिक विज्ञानका क्षेत्रमा कुर्मीले पु¥याएको महत्त्वपूर्ण योगदानको अन्तर्राष्ट्रिय मान्यतालाई झल्काउँछ ।

अर्जुन कुर्मी लुम्बिनी क्षेत्रमा युवा सशक्तीकरण, पर्यावरण संरक्षण, वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धन अभियानमा लामो समयदेखि सक्रिय छन् । विशेष गरी, उनले ‘ग्रिन यूथ अफ लुम्बिनी’ नामक संस्था मार्फत लोपोन्मुख चरा प्रजाति सारसको संरक्षण र समग्र परिदृश्य संरक्षणमा नागरिक विज्ञानको अवधारणालाई अगाडि बढाएका छन् उनको सारस संरक्षण सम्बन्धी कार्यलाई हेरेर धार्मिक अध्ययन विभागको धर्म मानव शास्त्र समाज अध्यक्ष प्रोफेसर मेफेयर याङ प्रभावित भएकी थिइन । उनकै पहलमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्टा बारबारले कुर्मीलाई आमन्त्रित गरेको हो ।

युनिभर्सिटीले पत्र पठाउँदै नेपालमा धार्मिक वातावरणवादको बारेमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई दुई वटा कक्षा लिन आग्रह गरेको छ । “जैविक विविधता प्रवर्द्धन, पुनर्चक्रण र सफा वातावरण कायम राख्ने महत्त्वबारे शिक्षित गर्ने तपाईँको अनुभव प्रेरणादायी हुनेछ ।” कुर्मीलाई पठाइएको पत्रमा उल्लेख छ ।

अक्टोबर २२ देखि २४ तारेख सम्ममा २ वटा कक्षा लिए बापत कुर्मीलाई युनिभर्सिटीले नीति शास्त्र, धर्म र सार्वजनिक जीवनको अध्ययनका लागि वाल्टर एच। क्याप्स केन्द्रबाट १ हजार ५ सय डलर यातायात खर्च पनि व्यहोर्ने उल्लेख गरेको छ । नेपालको लुम्बिनीमा सारस जस्ता लोपोन्मुख प्रजातिहरूको वातावरणीय संरक्षण र संरक्षणमा जनतालाई शिक्षित र संलग्न कसरी गराएको बारे कुर्मीको ज्ञान आदानप्रदान मुख्य हुने युनिभर्सिटीको विश्वास रहेको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्टा बारबरा जस्तो विश्व–स्तरीय संस्थाबाट आमन्त्रण पाउनु आफ्नो लागि मात्र नभई र समग्र लुम्बिनी क्षेत्रका लागि गौरवको विषय भएको कुर्मीले बताए । “यसले विश्वसामु नेपालको युवा प्रतिभा र लुम्बिनीमा भइरहेका सकारात्मक सामाजिक तथा पर्यावरणीय पहलहरूलाई चिनाउन मद्दत पुग्नेछ ।” उनले भने “यो आमन्त्रणले आफ्नो अनुभव र ज्ञान विश्वव्यापी शैक्षिक मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ, जसले अन्य युवा अभियन्ताहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरेको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?