© २०२३
काठमाडौं ।
नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताविरुद्ध गम्भीर आरोप लगाउँदै तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले मन्त्री गुप्ताले घुसको डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकारले चुप लाग्नु लोकतन्त्रको अपमान भएको टिप्पणी गरे।
सांसद साहले सदनमार्फत गम्भीर प्रश्न उठाउँदै भने, “दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रप्रति उपेक्षा हो। मन्त्री गुप्तालाई तत्काल पदमुक्त गरी निष्पक्ष अनुसन्धान गरिनुपर्छ।” उनले मन्त्रीको भूमिकाप्रति प्रधानमन्त्री र सरकार जिम्मेवार हुनुपर्ने पनि जोड दिए।
उनको भनाइमा, यस्ता घटनामा मौन बस्नुले भ्रष्टाचारलाई संरक्षण गर्ने संकेत दिन्छ र सरकारको नैतिकतामाथि प्रश्न उठाउँछ। सांसद साहको मागसँगै अब सरकारको प्रतिक्रिया र छानबिन प्रक्रियामा चासो बढेको छ।