Butwal Today

बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, ओझा निलम्बित

३० असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं, ३० असार ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले फर्जी कागजात पेश गरी पद प्राप्त गरेको आरोपमा नेपाल सरकार मन्त्रिपरिषद्ले छानबिन गर्ने निर्णय गरेको छ । छानविन समिति बनाउने निर्णय भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिले ओझाले कामै नगरेको पदमा कार्य अनुभव रहेको भनी पेश गरेको प्रमाणपत्रबारे छानबिन गर्ने एक मन्त्रीले बताए ।

बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त हुँदैखेरि उनले पेश गरेको अनुभव प्रमाणपत्र झुटो रहेको आरोप लाग्दै आएको थियो ।