© २०२३
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भन्ने विश्वास गर्न कुनै आधार नदेखिएको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्रविरोधी गतिविधिहरू, संसद् विघटन र आन्दोलनप्रति गरिएको उपेक्षाजनक व्यवहार हेर्दा प्रधानमन्त्रीको नेतृत्वमा चिन्ता वा प्रतिबद्धता देखिएको अनुभूति नभएको बताए।
‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाढा भनिएको, पटक–पटक संसद् विघटन गरिएको, प्रतिगमनकारीहरू सलबलाएका बेला सरकार प्रमुखलाई भित्रैबाट कुनै चिन्ता थियो भन्ने आधार देखिएन,’ प्रचण्डले भने। उनले ओली नेतृत्वको सरकारको एक वर्षको कार्यकालमै यस्तो अवस्था महसुस भएको पनि उल्लेख गरे।