ट्रेंडिंग:

>> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

पानी र मलबिनै माडीमा सकियो रोपाइँ 

३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार
पाल्पा, ३० असार ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष समयमै मनसुनै वर्षा हुने र गत वर्षको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरे पनि माडीका कृषकहरुले धुलोमै बिउ राखी कमै पानीमा रोपाई गर्न बाध्य भएका छन् ।
असार लागेपछि सामान्य वर्षातको पानी जम्मा गरेर रोपाई गरेका कृषकहरुका धानको बिउ यतिखेर पराल जस्तै भएको माथागढी गाउँपालिका कसेनीका चन्द्र सारु बताउँछन् । “असार अब सकियो । रोपेको खेतमा धाँजा फाटेको छ”–उनी भन्छन् ।
जिल्लाको सबै भन्दा ठुलो अन्न भण्डारका रुपमा चिनिने यस खेतमा अधिकांश खेत आकासे पानीको भरमा निर्भर छ । यसपटक मौसम विभागले नराम्रोसंग झुक्कायो । गत वर्ष असारको अन्तिम हप्तामा तिनाउ खोलामा आएको बाढीका कारण खोलो फुटेर खेतलाई बगरमा परिणत ग¥यो । त्यसबाट पाठ सिकेर यसवर्ष समयमै धान रोप्न आँटेको टाउको समाउने बनाएको स्थानीय रामबहादुर कुमाल बताउँछन् ।
“यस वर्ष पानी नपरेको त होइन सिमसिम प¥यो । यसले बाकी रहेको ठाउँको व्याड डढेर पराल नै बनायो । अर्कोतर्फ रोपेको रोपामा डढुवा लागेर सखापै बनाएको छ । अब एक हप्ताभित्र पानी नपर्ने धानको बिउ डढ्ने संभावना रहेको छ”–माथागढी गाउँपालिका रुप्सेका कृषक खेम बहादुर सुर्यवशी भन्छन् ।
मानो रोपेर मुरी उब्जाउने समय भएकोे बेलामा मौसमले मात्र होइन सरकारले पनि उस्तै दु.ख दियो । धान रोप्ने बेला मल नपाएको कृषकहरु बताउँछन् । हुमीनका रत्नबहादुर नेपालीले असारमा खडेरी परेकाले यसको असर उत्पादनमा पर्ने बताए ।
कुनै समय धान चामलको लागि आत्मनिर्भर भएको भूमि पछिल्ला वर्षहरुमा बाहिरबाट खाद्यान्न आउने अवस्थामा पुगेको बगनासकाली गाउँपालिकाका पुर्व जनप्रतिनिधि टेकनाथ शर्मा बताउँछन् ।
माडी फाँटपछिको रामपुर अर्गली फाँटहरु हुन् । तिनी फाँटमा सिचाइका लागि नहर भएका कारण समस्या खासै आउँदैन । माडी फाँटलाई हराभरा बनाउने कुरा पञ्चायतकालिन समयमा राष्ट्रिय पञ्चायतको चुनाव लड्ने देखि अहिले सम्मका जनप्रतिनिधिले नउठाएको होइन ।
तानसेन नगर, वगनासकाली, रम्भा, माथागढी गाउँपालिकाको काखमा रहेको र तिनाउ गाउँपालिकासंग जोडिएको यो फाँटमा सिचाईको राम्रो व्यवस्था भए खाद्यान्नको लागि आत्मनिर्भर बन्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?