© २०२३
दाङ, २९ असार।
दाङको तुलसीपुरमा सर्पको टोकाइबाट २२ महिनाका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुर निवासी नुरज परियारका छोरा एनिस परियार रहेको इलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । घरमा खेल्दै गरेका बालकलाई दिउँसो सवा ४ बजे सर्पले बायाँ हातको हत्केलामा टोेकेको थियो ।घटनापछि तत्कालै परिवारले उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएका थिए । अस्पतालमा उपचारकै क्रममा साँझ साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको समयमा बालककी आमा अनिता परियार स्थानीय जंगलमा च्याउ टिप्न गएकी र बालकको हजुरबुबा श्याम नेपाली हेरचाह गरेका थिए ।