Butwal Today

दाङको बबई नदीमा डुबेर २ युवकको ज्यान गयो

३० असार २०८२, सोमबार
अ+
अ-

लमही ।

पश्चिम दाङको बबई नदीमा  डुबेर दुई जना युवकको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका– ७ झुमरे निवासी १७ वर्षका विधान केसी र तुलसीपुर –५ न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्षका कुशल बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिए ।

बबई गाउँपालिका –५ छहरा नजिकै बबई नदीमा  नुहाउने क्रममा सोमबार  दिउसो साढे २ बजे दुई युवक डुबेर बेपत्ता भएका थिए ।