Butwal Today

स्पेनमा मानव तस्करी प्रकरण सार्वजनिक गर्ने पत्रकारलाई धम्की

३० असार २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा स्पेनमा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनको बहानामा केही असम्बन्धित व्यक्ति सहभागी भएको विषय सार्वजनिक गरेका पत्रकार सन्तोष देउजामाथि धम्की आएको भन्दै प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवसमेत रहेका देउजाले अडियोसहितको समाचार कपुरबोट मिडियामार्फत सार्वजनिक गरेपछि सरकार पक्षका केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत उनलाई धम्की दिने, त्रास सिर्जना गर्ने र चरित्र हत्या गर्ने प्रयास गरिरहेको प्रेस सेन्टरले आरोप लगाएको छ।

महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचार सार्वजनिक गरेको भन्दै पत्रकारलाई लक्षित गरिनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो।” विज्ञप्तिमा देउजाको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराइएको छ। प्रेस सेन्टरले घटनालाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको उल्लंघन भन्दै यसप्रति घोर भर्त्सना जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?