Butwal Today

पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

३० असार २०८२, सोमबार
अ+
अ-

पाल्पा, ३० असार ।

बगनासकाली गाउँपालिकाको भरुवा चौरका ४८ वर्षीय मान बहादुर गाहा मृत फेला परेका छन् । घर नजिक खोल्सामा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।  खेतमा धान रोप्दै गरेका खेतालाले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले उनको शव उठाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल तानसेन पठाइएको छ । शव पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए ।  घरबाट हिँडेका गाहा एक्कासी मृत अवस्थामा फेला परेपछि वडा शोकमा डुबेका वाड अध्यक्ष शेरबहादुर चिकीले बताए । घटनाको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?