Butwal Today

होली मिलनबाट बचेको रकमबाट शैक्षिक सामग्री वितरण

२९ असार २०८२, आइतबार
अ+
अ-

बुटवल, २९ असार । रुपन्देहीको खेलकुद विकास र सामाजिक कार्यमा अग्रसर राधाकृष्ण युवा क्लबले छात्रवृत्ति वितरण गरेको छ । होली मिलन कार्यक्रम गरेर बचेको रकमबाट सामाजिक उत्तरदायित्व अन्तरगत आईतबार एक कार्यक्रम गरि ८ जना विद्यार्थीहरुलाई करीब ४० हजार रुपैया बराबरको पोशाक, ब्याग र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, क्लबका अध्यक्ष रिम बहादुर सारु, वरिष्ठ उपाध्यक्ष राजकुमार भटटराईले छात्रवृत्ति सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा वडाअध्यक्ष लोकनाथ न्यौपानेले नगरभित्रका क्लबहरुलाई योजनाबद्ध विकासमा लगाउने गरि पालिका लागेको बताए ।
तिलोत्तमा माबिमा कक्षा ९ मा अध्ययरत सृष्टि परियार, कक्षा ७ का नारायण बिक यसैगरि सरस्वति आधारभुत विधालयका कक्षा ७ कि सरस्वति घर्ति मगर, ५ दिपेश शर्मा, १ का विष्णु चौधरी तथा ज्ञानोदयका कक्षा ७ का सम्राट घर्ति, कक्षा ३ का पियुस सिह र कक्षा १ का अल्सिभा परियारलाई सामग्री वितरण गरिएको क्लबका सचिव शंकर परियारले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष रिम बहादुर सारुले युवाहरुलाई खेलमाध्यमबाट एकतावद्घ गर्दै समुदायमा रचनात्मक कार्यक्रम गर्दै आएको बताए । समाजमा युवाहरुलाई दुब्र्यसनी बचाउन सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । जिल्लामा फुटबल खेल र खेलाडी उत्पादनमा योगदान दिदै आएको छ ।