ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

बुटवलमा प्रदेशस्तरीय शैक्षिक सम्मेलन

२९ असार २०८२, आइतबार
२९ असार २०८२, आइतबार

बुटवल, २९ असार  ।

बुटवलमा आयोजित प्रदेश स्तरीय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । काठमाण्डौं विश्वविद्यालय र प्याब्सन रुपन्देहीको संयुक्त आयोजना रहेको शैक्षिक सम्मेलनमा ३०० बढी शिक्षक, प्रतिनिधी, खोजकर्ता, शिक्षाविद् एवँ सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रदेश सरकारका भौतिक पुर्वाधार विकाशमन्त्री भुमिश्वर ढकालले उद्घाटन गरे ।

त्यसक्रममा मन्त्री ढकालले समाज रुपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउदै निजी विद्यालयका शिक्षकहरुको पेशागत सीप र क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । मन्त्री ढकालले शैक्षिक क्षेत्रको विकासका लागि निजि विद्यालयहरुले पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनले शैक्षिक क्षेत्रको विकाससँगै नयाँ आयाम र विकासक्रम थपिदै जादा शिक्षक, अध्यापकहरु पनि जुझारु, मेहनति तथा चनाखो भई काम गर्नुपर्ने बेला आएको बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षतामा रहेको कार्यक्रममा मुख्य वक्ता काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलले शैक्षिक क्षेत्रको विकास र शिक्षामा काठमाण्डौ युनिभर्सिटीले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने शैक्षिक विकासमा निजी क्षेत्रबाट भएका प्रयासहरु सकारात्मक भएकाले राज्यले यसतर्फ ध्यान दिनु आवश्यक रहेको बताए । सो अवसरमा उपाध्यक्ष न्यौपानेले प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले दिनु भएको कार्यशाला सफलताको शुभकामना मन्तब्य आफैले पढेर सुनाएका थिए ।

सम्मेलनमा प्याब्सन प्रदेश अध्यक्ष लालहरि पाण्डे, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख माधव बन्जाडे, केयुका प्राध्यापक मदन रिजाल लगायतले शैक्षिक क्षेत्रमा भएका नयाँ नौला र बहुपक्षिय आयाम र तिनको प्रगतिका बारेमा चर्चा परिचर्चा गरेका थिए ।

विभिन्न सत्रमा शनिबार दिनभरि नै चलेको सम्मेलनमा ३ सय बढी शिक्षक, प्रतिनिधी, खोजकर्ता, शिक्षाविद् एवं सरोकारवालाहरुको सहभागिता रहेको प्याब्सन रुपन्देही सचिव बोधराज गौडेलले बताए । शैक्षिक सम्मेलनमा ५ वटा कार्यशालामा छलफल चलाइनुका साथै करिव २० वटा भन्दा बढी खोजपत्र पेश पेश गरिएको थियो । शैक्षिक क्षेत्रमा भएको विकास तथा रुपान्तरणात्मक अभ्यासको विषयमा समुहगत छलफल चलाइएको सम्मेलनमा उद्धघाटन सत्रको सन्चालन भने प्याब्सन तिलोत्तमा नगर सचिव चन्द्र अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?