Butwal Today

प्रधानमन्त्री ओलीद्वारा रतुवा पुल उद्घाटन

२९ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २९ असार ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने गौरीगञ्ज–आमबारी खण्डको रतुवा पुल आइतबार उद्घाटन गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुल उद्घाटन गर्दै कृषिमा सुधार र विकास निर्माणको गति बढाएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे।

खेतसँगै नदी भएर पनि सिंचाइ नहुनु दुःखद भएको उल्लेख गर्दै उनले कृषिलाई आधुनिकीकरण र व्यावसायिकता तर्फ लैजान स्थानीय तहलाई आग्रह गरे। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले स्थानीय सरकारहरूलाई नमुना काम गर्न प्रेरित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?