Butwal Today

काठमाडौं महानगरको अर्को नगरसभा असार ३२ मा बस्ने

२९ असार २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २९ असार

 काठमाडौं महानगरपालिकाले अर्को नगरसभा बैठक असार ३२ गतेका लागि आह्वान गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम, बजेट, आर्थिक तथा विनियोजन विधेयकमाथि छलफल गरी पारित गर्नका लागि बैठक बोलाइएको हो।

१७औं नगरसभाको पहिलो बैठकमा आइतबार मेयर बालेन्द्र शाह (बालेन)ले बैठकको सूचना दिँदै अगामी बैठक दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए।

महानगरले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ। जसमा २५ अर्ब ११ करोड रुपैयाँ संचित कोष र ६५ करोड रुपैयाँ बाह्य स्रोतबाट व्ययभार हुने उल्लेख गरिएको छ।

संविधान अनुसार स्थानीय तहले असार १० भित्रै बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि आन्तरिक विवादका कारण ढिला भएको थियो। यसप्रति उपप्रमुख सुनिता डंगोलले नगरवासी समक्ष माफीसमेत मागेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?