© २०२३
सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन्। आइतबार बिहान ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन फुसको घरभित्र ओछ्यानमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको छ भने दुबैको शरीरमा सारीको पासो लागेको पाइयो।
घटनाबारे स्थानीयले बिहान ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानमा प्रहरीले शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ।
यद्यपि, सवेताको शरीरमा कुनै चोटपटक देखिएको छैन। प्रहरीले घटनाको कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको जनाएको छ।