Butwal Today

सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले बढ्यो

२९ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

केही समयदेखिको बन्दपछि पुनः खुलेका सुनचाँदीका पसलहरूमा आज चहलपहल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । यो वृद्धि सँगै छापावाला सुनको मूल्य तोलामा एक लाख ९२ हजार नौ सय रुपैयाँ पुगेको छ ।

अस्ति शुक्रवार सुनको मूल्य तोलामा एक लाख ९१ हजार आठ सय रुपैयाँ थियो । अर्थात् आजको मूल्य अघिल्लो मूल्यभन्दा उल्लेखनीय रुपमा माथि गएको छ । यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।