ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रिब्दीकोटमा भेटिए कुपोषित बालबालिका बढी

२९ असार २०८२, आइतबार
२९ असार २०८२, आइतबार

पाल्पा, २९ असार । 

नसर्ने रोग मध्ये बालबालिकाहरूमा देखा पर्ने कुपोषण जिल्लामा सबैभन्दा बढी रिब्दीकोट गाउँपालिकामा देखिएको छ । तीन प्रकारका कुपोषण मध्ये संवेदनशीलको कुपोषण बालबालिकामा देखिएकाले स्थानीय सरकारले त्यस अनुसार काम गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा शनिबार पाल्पाको तानसेनमा आयोजित आर्थिक वर्ष ०८१/०८२ मा स्वास्थ्य कार्यालय बाट सम्पादित कार्यालयमा कार्यालय क्षय कुष्ठ शाखाका विश्व न्यौपाने कार्य सम्पादनको प्रगति सम्पादन गर्दै ४१ जना बाल बालिकाहरूमा कडा खालको कुपोषण देखिएकोमा सबै भन्दा बढी संख्या रिब्दीकोट गाउँपालिकामा देखा परेका कारण स्थानीय सरकारको स्वास्थ्य शाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए । जिल्लामा कुपोषणका सिकार बनेका बालबालिकाहरू मध्ये १७ जना बालिका र २४ जना बालक रहेको उनले बताए । उनले भने ग्रामीण इलाकामा मात्र नभएर तानसेन, रामपुर जस्ता नगरमा पनि कडा खालको कुपोषण देखिएको उनले बताए ।

जनगणना तथा स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार २ लाख २४ हजार ९ सय १९ जना जनसङ्ख्या रहेको यस जिल्लामा सर्ने भन्दा नसर्ने रोगका बिरामीहरू धेरै रहेका छन् । उच्च रक्तचाप, मधुमेह रोगबाट सबै भन्दा बढी वगनासकाली गाउँपालिका प्रभावित भएका कारण रहनसहन, जीवनशैली, खानपानमा समेत परिवर्तन ल्याउन जरुरी रहेकाले स्थानीय सरकार, आम नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न कार्यक्रममा अपिल गरिएको थियो ।

सङ्घीय, प्रदेश सरकारबाट प्राप्त सशर्त र अनुदान बाट प्राप्त बजेटले सम्पादित कार्यक्रमहरू प्रभावकारी भएको अबका वर्षहरूमा स्वास्थ्य कार्यालय पाल्पा प्रदेशको नमुना बन्नुपर्ने प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर शारुले बताए ।
कार्यक्रममा तथ्याङ्क सङ्कलनदेखि ज्येष्ठ नागरिक सँग घर भेट कार्यक्रम, कुपोषित बच्चाको खोप पडताल कार्यक्रम, सामुदायिक विद्यालयहरूमा रक्त अल्पता परीक्षण, समुदायले उपयोग गर्ने खानेपानीको परीक्षण, विद्यालय स्तर स्वास्थ्य शिक्षा कार्यक्रम जंगफुड पत्रु खानाले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरका विषयमा विद्यालय स्तर मै सचेतना कार्यक्रम गरिएको कार्यक्रममा बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?