© २०२३
काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेको भन्दै सार्वजनिक रूपमा माफी मागेकी छन्।
१७औं नगरसभाको पहिलो बैठकमा आइतबार बजेट प्रस्तुत गर्दै उपप्रमुख डंगोलले महानगरवासी र सरोकारवालासामु क्षमायाचना गरिन्। उनले भनिन्, “समयसीमा भित्र बजेट ल्याउन नसकेकोमा मेरो व्यक्तिगत रूपमा र नगरसभाका सदस्यहरूको तर्फबाट क्षमा माग्न चाहन्छु।”
उनका अनुसार बजेटमा ढिलाइ हुनुको मुख्य कारण महानगरभित्रको आन्तरिक असहमति र अविश्वास हो। “केही तितामिठा अनुभवहरू, आरोप-प्रत्यारोप भए पनि अब मन्थन हुँदै समाधानको बाटोमा छौं,” उनले भनिन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याइसक्नु पर्ने प्रावधान छ। तर काठमाडौं महानगरमा आन्तरिक विवादका कारण यो प्रक्रिया ढिलो भएको हो। उपप्रमुख डंगोलले अहिले सबै पक्ष फेरि एकढिक्का भएर अगाडि बढ्ने वातावरण बनेको बताइन्।