Butwal Today

घुस डिल’ प्रकरणमा मन्त्री माथि छानबिन गर्न रास्वपाको माग

२९ असार २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २९ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा ‘घुस डिल’ गरेको आरोप लगाउँदै तत्काल छानबिन गर्न माग गरेको छ।

आइतबार प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले कास्कीको मालपोत कार्यालय र भूमि आयोगमा कर्मचारी पठाउने विषयमा सेटिङ भएको दाबी गर्दै भनिन्, “अब बुझियो होला भूमि विधेयक किन पारित भयो — एउटा मन्त्रीले अर्को मन्त्री नै पोलिरहेका छन्।”

श्रेष्ठले यो गम्भीर प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै सरकारको मौनता प्रति प्रश्न उठाइन्। उनले भिजिट भिसा प्रकरणमा पनि उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै रहेको बताउँदै रास्वपाको आन्दोलन जारी रहने चेतावनी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?