ट्रेंडिंग:

>> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी

काली गण्डकीको पानी सुन्दर चौरमा

२९ असार २०८२, आइतबार
२९ असार २०८२, आइतबार

म्याग्दी, २९ असार ।

म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित काली गण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दर चौरमा उकालिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनामार्फत काली गण्डकी किनारमा रहेको इनारबाट सुन्दर चौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकीमा पानी पु¥याइएको हो । दश मिटर गहिरो इनारमा २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरको टङ्याकीमा पानी तान्ने कार्यको शुक्रबार परीक्षण सफल भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए ।

विद्युतीय उपकरणको सहायताले सात सय ५० मिटर लामो पाइपलाइनमार्फत कालीगण्डकीबाट प्रतिसेकेण्ड पाँच लिटरका दरले पानी आपूर्ति भएको छ । सुन्दरचौरको टङ्याकीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पुग्ने पानी दुईतर्फ वितरण गर्ने संरचना तयार भएको छ । रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकी र सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को टङ्याकीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ।एक हजार ७०० मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन तथा २३३ घरमा धारा निर्माण भइसकेको छ । दुई तहको पानी तान्ने उपकरण, विद्युतीय र धारा जडान सकेर आगामी असोज महिनादेखि रत्नेचौरवासीको घरघरमा खानेपानी वितरण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताए ।

रत्नेचौरमा वि.सं. २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन। वि.सं. २०७६ असार २४ गते ठेक्का सम्झौता गरेको प्राकृतिक–प्रदीप जुम्ली जेभीले हालसम्म रु. दुई करोड ३० लाखमा आयोजनाको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । विद्युत् जडान, खानेपानी धाराका सामग्री खरिदसहित हालसम्म रु. तीन करोड १८ लाख खर्च भएको योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा रु. ३५ लाख बजेट विनियोजन भएको छ । मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न हुने चरणमा पुगेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?