© २०२३
काठमाडौं, २९ असार ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ।आइतबार बसेको १७औँ नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गर्दै ६५ करोड रुपैयाँ बाह्य व्ययभार र २५ अर्ब ११ करोड रुपैयाँ संचित कोषबाट व्ययभार पर्ने जानकारी दिइन्।
बजेट सार्वजनिक गर्नु अघि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संवैधानिक प्रावधानअनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनु पर्ने भए पनि आन्तरिक द्वन्द्वका कारण ढिलाइ भएको महानगरले जनाएको छ। उपप्रमुख डंगोलले ढिलाइप्रति नगरवासीसँग माफी समेत मागिन्।