© 2026
लमही , २९ असार ।
गढवा गाउँपालिका वडा नं. ७, मानपुरमा गठित हरियाली उद्यमी महिला समूहले सामूहिक रूपमा धान रोपाइ सम्पन्न गरेका छन्। गढवा गाउँपालिकाले सञ्चालन गरेको “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना” (भिटा परियोजना) अन्तर्गत यो गतिविधि सम्पन्न भएको हो।
समूहमा आबद्ध महिलाहरूले सामुदायिक स्तरमा विभिन्न साझा कार्यक्रम गर्दै आएका छन्। कृषिमा महिलाको सक्रियता र सामूहिक श्रमको अभ्यासले समुदायमा सहकार्य र आत्मनिर्भरताको सन्देश फैलिएको छ।
स्थानीय महिला उद्यमीहरूका अनुसार, सहकार्यमा आधारित उत्पादन प्रणालीले आर्थिक सशक्तीकरणको मार्ग प्रशस्त गरिरहेको छ। सामूहिक खेतीले लागत घटाउने, उत्पादन बढाउने र सामाजिक ऐक्यबद्धता बलियो बनाउने दिशामा सकारात्मक प्रभाव पारेको छ।