© २०२३
पाल्पा, २९ असार ।
नसर्ने रोग मध्ये बालबालिकाहरूमा देखा पर्ने कुपोषण जिल्लामा सबैभन्दा बढी रिब्दीकोट गाउँपालिकामा देखिएको छ । तीन प्रकारका कुपोषण मध्ये संवेदनशीलको कुपोषण बालबालिकामा देखिएकाले स्थानीय सरकारले त्यस अनुसार काम गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा शनिबार पाल्पाको तानसेनमा आयोजित आर्थिक वर्ष ०८१/०८२ मा स्वास्थ्य कार्यालय बाट सम्पादित कार्यालयमा कार्यालय क्षय कुष्ठ शाखाका विश्व न्यौपाने कार्य सम्पादनको प्रगति सम्पादन गर्दै ४१ जना बाल बालिकाहरूमा कडा खालको कुपोषण देखिएकोमा सबै भन्दा बढी संख्या रिब्दीकोट गाउँपालिकामा देखा परेका कारण स्थानीय सरकारको स्वास्थ्य शाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए । जिल्लामा कुपोषणका सिकार बनेका बालबालिकाहरू मध्ये १७ जना बालिका र २४ जना बालक रहेको उनले बताए । उनले भने ग्रामीण इलाकामा मात्र नभएर तानसेन, रामपुर जस्ता नगरमा पनि कडा खालको कुपोषण देखिएको उनले बताए ।
जनगणना तथा स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार २ लाख २४ हजार ९ सय १९ जना जनसङ्ख्या रहेको यस जिल्लामा सर्ने भन्दा नसर्ने रोगका बिरामीहरू धेरै रहेका छन् । उच्च रक्तचाप, मधुमेह रोगबाट सबै भन्दा बढी वगनासकाली गाउँपालिका प्रभावित भएका कारण रहनसहन, जीवनशैली, खानपानमा समेत परिवर्तन ल्याउन जरुरी रहेकाले स्थानीय सरकार, आम नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न कार्यक्रममा अपिल गरिएको थियो ।
सङ्घीय, प्रदेश सरकारबाट प्राप्त सशर्त र अनुदान बाट प्राप्त बजेटले सम्पादित कार्यक्रमहरू प्रभावकारी भएको अबका वर्षहरूमा स्वास्थ्य कार्यालय पाल्पा प्रदेशको नमुना बन्नुपर्ने प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर शारुले बताए ।
कार्यक्रममा तथ्याङ्क सङ्कलनदेखि ज्येष्ठ नागरिक सँग घर भेट कार्यक्रम, कुपोषित बच्चाको खोप पडताल कार्यक्रम, सामुदायिक विद्यालयहरूमा रक्त अल्पता परीक्षण, समुदायले उपयोग गर्ने खानेपानीको परीक्षण, विद्यालय स्तर स्वास्थ्य शिक्षा कार्यक्रम जंगफुड पत्रु खानाले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरका विषयमा विद्यालय स्तर मै सचेतना कार्यक्रम गरिएको कार्यक्रममा बताइएको थियो ।