ट्रेंडिंग:

>> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क

पाल्पामा सवारी कारवाहीबाट ३ करोड बढी राजस्व संकलन

२९ असार २०८२, आइतबार
२९ असार २०८२, आइतबार

पाल्पा, २९ असार । पाल्पामा पछिल्लो तीन आर्थिक वर्षमा सवारी कारवाहीबाट ३ करोड बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय पाल्पाले आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्मसवारी कारवाहीबाट ३ करोड २१ लाख ९० हजार ६ सय राजश्व सकलन गरेको हो ।

यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ५९ हजार ७ सय ५५ सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रविन आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ५ हजार ३ सय ३७ सवारी कारवाहीमा परेका छन् । जसबाट ६१ लाख ८४ हजार ६ सय ११ राजश्व संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ४ सय ६६ सवारी कारवाहीमा परेकामा १३ लाख ७१ हजार ५ सय राजश्व संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा १९ हजार ८५ सवारी कारवाहीमा परेका छन् । जसबाट एक करोड ३३ लाख ७३ हजार राजश्व संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ८ सय ६७ सवारी कारवाहीमा परेकामा एक करोड १२ लाख ६१ हजार ५ सय राजश्व उठेको छ ।

ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने ट्रक/टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको ट्राफिक प्रमुख आचार्यले जानकारी दिए । पछिल्लो समय सवारीको बढ्दो चापसंगै ट्राफिक नियम उल्लंघन गर्ने संख्या पनि बढी रहेको उनले बताए । आचार्यले भने “विगत बर्षभन्दा राजश्व संकलन वृद्धि आएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई एकहजारदेखि पाँच हजारसम्म जरिवाना शुल्क लगाईन्छ ।” ट्राफिक प्रहरीले राजस्व संकलनको कार्य मात्र नगरी सवारी दुर्घटना न्युनिकरण र यातायात तथा ट्राफिक नियमको पालनाको लागि सचेतनाको कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । उसले विद्यालय, कलेज,समुदाय र सवारी चालकहरुका लागि सचेतनाका कार्यक्रम गर्दै आएको पाइन्छ ।

यस्तै तीन वर्षको अवधिमा यहाँ एक सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । सो अवधिमा दुई सय ४३ सवारी दुर्घटनामा परेका थिए । ति दुर्घटनामा परी एक सय ८३ जना गम्भीर घाइते भएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा मात्र जिल्लामा एक सय २ सवारी दुर्घटनामा भएका छन् भने, २४ जनाको मृत्यु भएको छ । जसमा २६ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ५१ सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५८ जना गम्भीर घाइते भएका छ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ४७ सवारी दुर्घटनामा ३९ जनाको ज्यान गएको र सोही अवधिमा ५५ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ४३ सवारी दुर्घटना भएका छन् । जसमा ३६ जनाको मृत्यु भएको छ भने ४४ जना गम्भीर घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?