ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

अह्मता भएकाहरूमा लागेको बुद्धिको बिर्को !

२९ असार २०८२, आइतबार
२९ असार २०८२, आइतबार

मानिस दुई प्रकारका हुन्छन् भनिन्छ । एउटा आकारको र अर्को सारको । यसमा कति सत्यता छ ? उसको व्यवहारबाट हेर्नुपर्दछ । कसैको व्यवहार विना यसलाई यकिन गरेर भन्न सकिदैन । जसको व्यवहार जस्तो छ त्यसैबाट यो मानिस सारको हो या आकारको हो भन्ने पुष्टि हुन्छ । यसलाई धेरै कसी लगाउनु पनि पर्दैन । कसैलाई एकदुई व्यवहारबाट थाहा पाउन सकिन्छ । कसैलाई अलिक समय लाग्न सक्छ । हुन त सबैले आफूलाई अब्बल मानव भन्ने अधिकार पनि छ, अनि आफैपनि अब्बल ठान्न सक्दछन् । यसको वास्तविकता जान्नका लागि जो सुकैसंग पनि केही छोंटो वा लामो साथ संगत गरेर वा उसको वारेमा राम्रो जानकारी लिनु पर्दछ । जानकारी लिने अन्य विभिन्न तरिकाहरू पनि हुन्छन् र छन् पनि । अरू जनावर भन्दा मानिसलाई फरक देखाउने निश्चित केही कुराहरू हुन्छन् ।

सारको कुरामा केही शर्तहरू हुन्छन् । यसमध्येको पहिलो कुरा सारको मानिससंग दीर्घकालिन योजना हुन्छ । योजना हुन्छ भन्नुको तात्पर्य मानिससंग बुद्धि हुन्छ र उसले बुद्धिले हरेक काम सहज बनाउन सक्छ वा सम्पन्न गर्न सक्छ । मानिस भित्र महत्वाकांक्षा हुन्छ, जिज्ञासा हुन्छ, स्वाभिमान हुन्छ, भविष्यको लागि केही सञ्चयको सोंच हुन्छ । आफूले कस्तो सुविधा चाहने हो र त्यो सुविधा कहाँबाट प्राप्त हुन्छ ? त्यसको वारेमा इच्छा शक्ति प्रकट हुन्छ । यस्ता कुराले मानिसलाई अरू प्राणि भन्दा फरक मानिन्छ । यहाँ उल्लेख गरेका कुरा नभएको वा एकदमै न्यून भएको मानिस आकारको मानिस हो । त्यस्तोलाई सारको मानिस भन्न सुहाउँदैन । जससंग सार छैन उससंग सार खोज्नु पनि एक प्रकारको भूल हो । मानिस त हो उसले आफ्नो विवेक प्रयोग गर्न सक्दैन भने उसको बुद्धिको के काम ? बुद्धि भएको मानिस हो भन्नु पनि राम्रो हुँदैन । जस्तो नीति श्लोकमा निकै घतलाग्दो कुरा भनिएको छ ।

“शुनः पुच्छमिव व्यर्थ जीवितं विद्यया विना ।
न गुश्य गोपने शक्तं न च दंश निवारणे ।।”

अर्थात विद्याहिन मानिस र गुप्तांग छोप्न नसक्ने अनि झिंगा भगाउन नसक्ने कुकुरको पुच्छर एकै हो । यो श्लोक झट्टसुन्दा हाँसो लाग्छ होला । तर, हाँसो लाग्नु पर्ने केही छैन । तपाई अलिक गंभीर भएर यो श्लोक बुझ्नुस् । मनन गर्नुस् अनि मात्र यसको सार जान्न सकिन्छ । आजसम्म कुकुर नदेखेको कोही छैन तर कुकुरको पुच्छरको वारेमा यति गहिरोगरी विचार नगरेको पनि हुनसक्छ । तपाईले कुकुरको पुच्छर कुनै काममा प्रयोग भएको देख्नु भएको छ ? यो पंक्तिकारलाई कुकुरको पुच्छरले यही काम गर्छ भन्ने यो उमेर वितिसक्दा सम्म कुनै थाहा छैन ।

चाहे वेलायती कुकुर होउन चाहे भोटबाट ल्याईएका भोटे कुकुरा होउन्, अथवा महंगा मूल्यका अन्य विदेशी कुकुर होउन कुनै पनि कुकुरको पुच्छरले कुनै काम गरेको याद छैन । सायद यहाँहरू कसैले पनि कुकुरको पुच्छरले कुनै काम गरेको देख्नुभएको छैन होला । नीति श्लोकमा जुन कुरा उल्लेख भएको छ, त्यसको आधारमा भन्ने हो भने विद्या अर्थात ज्ञान नभएको मानिस पनि वेकामको हुन्छ भन्नु अन्यथा हुँदैन । ज्ञान दिलमा हुन्छ अनि दिमागमा हुन्छ । जुन व्यक्तिको मनमा ज्ञान हुन्छ उसको दिल र दिमाग साहै्र उदार हुन्छ । मन अलिक फराकिलो हुन्छ । धेरैसंग मिल्न सक्ने मात्र नभएर धेरैलाई मिलाउन सक्ने क्षमताको समेत हुन्छ ।

अरूको डाह गर्ने, अरूलाई माथि लैजान नचाहने र सकेसम्म तल खस्काउन चाहने, अरूको भलो नचाहने, हरतरहबाट उसको खिस्सी ट्युरी गर्ने अनि मौका छोपेर अपमान गर्ने जस्ता व्यवहारले असली मानिसको सार पाउन सकिदैन् । त्यो पनि एक प्रकारको आकारको मानिस हो । यस्तैलाई नीति श्लोकले आकारको मानिस भनेको छ । आकारको मानिस खोज्न धेरै टाढा जानु पर्दैन । तपाईंको छरछिमेकमा पनि आकारका मानिसहरूको संख्या केही हुन सक्छ । एकपटक तपाईसंग उनीहरूले गरेको व्यवहार देखेर वा सुनेर पनि तपाई आफै आकारको मानिस वा सारको मानिस भन्न सक्नुहुन्छ ।
मानिसले बनाउने योजना सकेसम्म धेरैलाई हित हुने खालको हुनुपर्दछ ।

धेरैको हित हुने बनाउन सक्नु अति उत्तम हो तर त्यो पनि सकिदैन भने अरूको नोक्सान नहुनेगरी आफ्नो वर्ग वा समूह वा समाजको हित हुने कुरा त जान्न सकोस । मानिस पहिलो नम्वरमा आकारबाट फरक हुन्छ । यो भन्नुको तात्पर्य के भने सबै मानिसको अनुहार र शारीरिक बनावट फरक हुन्छ । त्यो त सबैले बुझेको कुरा भयो । यत्तिले मानिस अरू जनावर भन्दा फरक हुँदैन । फरक हुनका लागि माथि नै केही शर्तका कुरा गरिएको छ । यहाँ उल्लेख भएका कुराहरू दीर्घकालिन हुनुपर्दछ । एकछिनको लागि वा एउटामात्र कार्यक्रम भएर फरक हुँदैन ।

आफ्नो पुच्छरले शरीरभर झिंगा लाग्दा समेत प्रयोग गर्न नबन्ने र गुप्तांग पनि छोप्न नसक्ने कुकुरको पुच्छरको काम नभए जस्तै लक्ष नभएका वा योजना बनाउन नसक्ने देखि लिएर अरूको उचित मान तथा सम्मानमा समेत सरिक हुन नसक्ने व्यक्तिका वारेमा लामो चर्चा गर्न आवश्यक छ जस्तो लाग्दैन । हरेक मनिसको पहिलो धर्म भनेको मानव सेवा हो । त्यसैलाई मानव धर्म भनिन्छ  ।

हरेक मानिसले जुनसुकै काम गर्नका लागि क्षमता वा बुद्धि प्रयोग गर्नुपर्दछ । असल बुद्धिबाट असल क्षमता जन्मने हो । असल क्षमताले समाजमा सम्मान कमाउने हो । उसको बुद्धि नै असल छैन भने असल क्षमता कहाँबाट आउला ? केही मानिसहरूमा फरक स्वभाव देखिन्छ । यसो किन देखिन्छ ? उनीहरूलाई मज्जाले सोध्नुपर्दछ । उनीहरूसंग ज्ञान नभएर हो वा आफ्नो मनभित्रको अहम्ताले हो ? यसो गर्नुको अर्थ दुबै पनि हुन सक्छ । केही मात्रामा अल्पज्ञानले हुन्छ भने केही मात्रामा अहम्ताले पनि हुन सक्छ । यो भन्दा फरक केही होइन ।

आफूले गर्नुपर्ने कर्तव्य नजान्नेहरूले यस्तो प्रवृति देखाउने गर्दछन् । उनीहरू भित्रको अहम्ता र घमण्डीपन दुबै उस्तै स्वभावले उनीहरूलाई सारको मानिस बन्न दिएको हुँदैन अनि उनीहरू आकारको मानिसमा सिमित हुन्छन् । वास्तवमा मानिसको जीवनको सार भनेको आकारको मानिस होइन सारको मानिस हो । आकारले मानिस देखिएर हुँदैन सारले मानिस देखिनु पर्दछ । यसमा द्विविधा मान्नुपर्ने केही छैन । किनभने मानव धर्म नभएकाहरूसंग सार हुँदैन उनीहरूको मनमा अहम्ता वाहेक अरू केही हुँदैन । आकारमा सिमित भएकाहरूले आफ्नो रूप र योवनलाई प्राथमिकता दिन्छन् । आफ्नो बुद्धि र बललाई बढता महत्व दिन चाहन्छन् ।

असल बुद्धि हुने हो भने बलको उपयोग गर्न सकिन्छ । आज बनेका सबै उपकरणहरू बलले भएका होइनन्, ज्ञानले बनेका हुन् । ज्ञानको प्रयोग नगर्नेहरूको जीवन कुकुरको पुच्छर भन्दा भिन्न हुँदैन भन्दा त्यतिसारो फरक पर्ने कुरा होइन । किनभने अहम्ता भएकाहरू भित्र अरूलाई तल्लो दर्जाको ठान्ने भावना प्रवल हुन्छ । यो भावना मनमा भएसम्म उनीहरूको बुद्धिमा अर्को विर्को लागेको हुन्छ । जब वुद्धिमा विर्को लाग्छ तव मानवीय धर्म भन्ने लेश्मात्र पनि हुँदैन । जव लेश् पनि हुँदैन उसको जीवन सार्थक भन्ने पनि हुँदैन । स्वभावले हो मानिस बन्ने । मानव आकारका त गुडिया पनि हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?