© २०२३
बुटवल ।
रुपन्देही — सैनामैना होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको छैटौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट माया केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी छन्। नयाँ १६ सदस्यीय कार्यसमितिमा हुमराज घिमिरे वरिष्ठ उपाध्यक्ष, भिमलाल जैसि पर्यटन उपाध्यक्ष, मेघराज उपाध्यक्ष, मिना ज्ञवाली महिला उपाध्यक्ष, नवराज पन्थि महासचिव, प्रसन्न पन्थ सचिव, दिनामणि पौडेल सहसचिव, चन्द्रकान्ता भुसाल कोषाध्यक्ष र प्रदीप पाण्डे सह-कोषाध्यक्ष चयन भएका छन्।
सभाको उद्घाटन गर्दै नगरप्रमुख फणीन्द्र प्रसाद शर्माले आन्तरिक पर्यटन प्रवर्द्धनमा होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए। लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठले होटेल व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्ने र सरकारले सहुलियत दिनुपर्ने माग गरे।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ६८ हजार आम्दानी र ७ लाख ५६ हजार खर्च भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा केन्द्र, प्रदेश तथा स्थानीय तहका पदाधिकारी, व्यवसायी र सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।