ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुद्धको महाभिनिष्क्रमण दिवस

२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

नवलपरासी, २८ असार ।

जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा उद्योग वाणिज्य सङ्घले असार पूर्णिमाको अवसर पारेर महाभिनिष्क्रमण दिवस मनाएको छ । सङ्घका अध्यक्ष ओम प्रकाश अग्रहरी सहित सङ्घको टोली अनोमाघाटमा पुगेर दीप प्रज्वलन गरी स्थानीयसँगको समन्वयमा महाभिनिष्क्रमण दिवस मनाएको हो ।सङ्घका वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त, लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्री, परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल, नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवार, स्थानीय मुन्सि हरिजन लगायतको सहभागितामा दिवस मनाइएको जानकारी अध्यक्ष अग्रहरीले गराए । हालै मात्र नेपाल पर्यटन बोर्डले अनोमा प्रव्रज्या स्थल घोषणा पछि निजी क्षेत्रको पनि चासो बढेको छ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीले बोर्डको निर्णयको स्वागत तथा आभार व्यक्त गर्दै पर्यटन उद्योगका लागि अवसर सृजना भएको विश्वास व्यक्त गरेको थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश अग्रहरीले पत्रमार्फत नेपाल पर्यटन बोर्डलाई आभार व्यक्त गर्दै अनोमाघाटलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न अगामी दिनमा सबै मिलेर लाग्न आग्रह समेत गरेका थिए । अनोमा घाटलाई देश विदेशमा बौद्ध तीर्थ स्थलको रूपमा विकास गर्नका लागि सो क्षेत्रका सांसद, मन्त्री, स्थानीय तह र सङ्घसंस्था सबैले माग गर्दै आएका थिए ।

सङ्घ सहित अहिले अनोमाघाटलाई पहिचान गराउन र लगानीका बढाउनका लागि लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री समेत रहेका सोही क्षेत्रका प्रदेश सांसद देव करण कलवारले अगामी आर्थिक वर्षमा बौद्ध शिश महल निर्माणका लागि ३० लाख रुपियाँ विनियोजन गरिएको र सो क्षेत्रमा वृहद बौद्धकालीन वृक्षको वृक्षारोपण गरिने समेत जानकारी गराएका छन् । सुस्ता गाउँपालिकालाई यहीँ २०८२ साल असार १५ गते पत्राचार गर्दै व्यक्त स्थल बौद्ध मार्गीको एक महत्त्वपूर्ण तीर्थस्थल पर्यटकीय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको थियो ।

यसै बिच महाभिनिष्क्रमण दिवस २०८२, को शुभ अवसरमा स्थानीय सर्व धर्म शान्ति समाज मिसन अनोमा नेपालले पनि छलफलको कार्यक्रम चलाएको थियो । नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थलको रूपमा प्रचलित रहेको र भगवान् बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरूको लागि विशेष महत्त्व राख्ने स्थानहरूका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि एक धार्मिक पर्यटकीय गनतब्य रहँदै आएको छ ।

यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट (ठाढी घाट लाई भगवान् सिद्धार्थ बुद्धको महाभिनिष्क्रमण स्थललाई अनोमा प्रव्रज्या स्थल घोषित भएकोमा हार्दिक बधाई तथा सो प्रव्रज्या स्थललाई बौद्ध धर्मावलम्बीहरूका लागि एक नयाँ पर्यटकीय गनतब्यका रूपमा विकास तथा प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड सहकार्य निजी क्षेत्रले काम गर्ने र त्यसका लागि सङ्घ क्रियाशील भएर काम गर्ने अध्यक्ष अग्रहरीको भनाई थियो । लुम्बिनीबाट सञ्चालन हदै आएको बौद्ध तीर्थयात्रीको विद्युतीय बस समेत अनोमाघाटसम्म पु¥याउनका लागि पहल गरिन्छ, उनले भने, सिद्धार्थ बुद्धको दरबार तिलौराकोट,जन्मस्थल लुम्बिनी, मावली पण्डितपुर रामग्राम कोलनगर, रामग्राम स्तूप हुँदै प्रव्रज्या स्थल लुम्बिनीसम्म उक्त बस सेवा सञ्चालन नियमित हुनुपर्छ ।

अनोमाघाट घोषणा पश्चात् उक्त स्थानमा असार पूर्णिमाको दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पूर्णिमा हजार बत्ती बालेर मनाइँदै आएको छ । असार पूर्णिमाकै दिन सिद्धार्थ गौतम गृह त्याग गरी अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण (प्रव्रज्या) लिई कपाल मुण्डन गरेर सन्यास धारण गरेर ज्ञानको खोजीमा निस्केका थिए । परापूर्व कालदेखि ठाढीघाट मेला तथा कुस्ती प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचीन अनोमा नदी) स्थित बौद्ध तीर्थ स्थलको रूपमा पहिचान बनाउँदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ती बाल्ने कार्यक्रम गाउँपालिकाले गरेको थियो । नेपालको बोधगायको रूपमा संसार भरि चिनाउने उद्देश्यले गाउँपालिकाद्वारा विभिन्न कार्यक्रम हुँदै आएको छ । बोधगयामा सिद्धार्थले ज्ञान प्राप्ती गरे पनि अनोमाघाटबाट ज्ञानको खाजीमा निस्कने पहिलो पाइला भएको हुँदा नेपालको बोधगाय भनेर चिनाउनमा स्थानीय पनि लागेका थिए ।

गत असार पुर्णिमामा पनि सिद्धार्थ गौतम गृह त्याग गरी यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरी राजसी पोशाक त्याग गरी सन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झँदै स्थानीय र श्रद्धालुहरूले कपाल मुण्डन गरी असार पूर्णिमा मनाएका थिए । असार पूर्णिमा देखि बुद्धको भिच्छुहरूको बर्षाबास शुरु हुन्छ । त्यो दिन अनोमाघाटमा महाभिनिष्मण दिवस मनाईने चलन छ । दुई वर्ष देखी कात्तिक पुर्णिमामा हजार बत्ती बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाइमा पुर्‍याएको उनले विश्वास ब्यक्त गरेका थिए । अनोमाघाटमा कम्तीमा पनि असार पूर्णिमा र कार्तिक पूर्णिमालाई भव्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरूको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कँदा कोलिय राज्यको अन्तिम सीमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो, त्यही बेला देखी स्थानीय स्तरमा ठाढीघाटको रूपमा चिनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?