© 2026
बुटवल, २८ असार । नेपाल नियमित रक्तदाता संघको आयोजनामा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । सिद्धेश्वरी लालकुमारी माविको प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरप्रसाद न्यौपानेले कार्यक्रमको शुभारम्भ गर्दै सामाजिक क्षेत्रमा संघबाट निरन्तर उत्कृष्ट कार्यक्रम हुदै आएको बताए ।
स्वास्थ्य शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डा. सुमन पौडेल, स्त्री रोग विशेषज्ञ डा. राजीव शाह, जनरल फिजिसियन डा. पातल गिरी र नसा तथा हात जोर्नी रोग विशेषज्ञ डा. सम्राट पराजुलीले सेवा प्रदान गरेका थिए । शिविरमा ४२ जनाले मधुमेह परीक्षण सेवा लिएका थिए भने ८९ जनाले अन्य विभिन्न रोगहरूको स्वास्थ्य परीक्षण गराएका थिए । यसैगरि रक्तदान कार्यक्रममा ११ जनाले रगतदान गरेका थिए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रक्तदान जस्तो पुण्यसंगै चिकित्सकहरुको सहकार्यमा जिल्लाका विभिन्न पालिकाहरुमा समेत निशुल्क स्वास्थ्य शिविर चलाउदै आएको बताए ।
कार्यक्रममा मञ्जुश्री फाइनान्सका कार्यकारी अधिकृत तेजराज तिमल्सिना, प्राध्यापक दिनानाथ गिरी, जेनोमिक ल्याबका सञ्चालक रमेश पाण्डे, मञ्जुश्री फाइनान्स बुटवल शाखा प्रमुख सुभाष अर्याल, एनएमएसआरए संघका बुटवल युनिट अध्यक्ष राजबन्दु लामिछाने तथा कानुनी सल्लाहकार दामोदर घिमिरे, लायन्स क्लब बुटवल लाइटका अध्यक्ष जय नारायण डुम्रे, लायन्स क्लब अफ देउराली अध्यक्ष माधवराज पोखरेल, लायन्स क्लब अफ इलाइटका अध्यक्ष ध्रुव तिवारी, वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, संघका केन्द्रीय महासचिव दिपक अधिकारीले युवाहरु एकतावद्ध भएर समुदायमा कार्य गर्न जरुरी रहेको बताए ।
शिविरमा औषधि व्यवस्थापनमा पहिचान फार्मेसी दीपनगर र लायन्स क्लब अफ बुटवल लाइटबाट सहयोग भएको कार्यक्रममा संयोजन संघका सदस्य अशेष सिलवालले बताए ।