ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

योगासँगै जुम्बामा क्रेज

बुटवलका धेरै स्थानमा अहिले निःशुल्क योगाको व्यायाम गरिँदै आएको छ । लक्ष्मीनगर, दीपनगर, बहुमुखी क्याम्पस, वाणिज्य क्याम्पस लगायत धेरै स्थानमा योग तथा जुम्बा सञ्चालन हुँदै आएको छ ।
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

बुटवल, २८ असार ।

सबेरै “योग गरौँ न योगी, रोगलाई भगाउन योग गरौँ न” गीत गुन्जिन्छ । त्यसरी योग गर्ने थलोमा श्री राधाकृष्ण मन्दिर परिसर पनि एक हो । जहाँ गीतसँगै नृत्य र व्यायाममा झुम्दै गरेका मानिस भेटिन्छन् । पूजापाठ र घरायसी काममा व्यस्त रहने बुटवल बिपी चोककी स्वागत श्रेष्ठ बिहानको समयमा योग साधनामा रमाउँछिन् । उमेर ३ दशक पुगेकी उनी बिहान योग कक्षामा सहभागी नहुँदा के भुले झैँ हुने गरेको बताइन । ‘बिहान योग ध्यान गर्दा दिन नै रमाइलो गरी बित्छ,’—उनले भनिन ।

बुटवलका खड्ग बस्नेत पनि पछिल्लो केही दिनदेखि योग गर्न लागेका छन् । एक वर्षअघि खुट्टाको नसाको समस्याकै कारण उनी बिस्तारामा परे । लामो समय उपचारमा रहेका उनी हिँडडुल गर्न लागे । ‘बिहानदेखि साँझसम्म पसलमा बस्ने र व्यायाम नहुँदा खुट्टाको समस्या भयो,’—उनले भने । अब भने थोरै भए पनि हिँडडुल र व्यायामतिर जोडिएको उनले बताए । नेपाल औषधी व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समेत रहेका उनी शारीरिक स्वस्थ रहन व्यायाम उपयोगी भएको मान्छन् ।

पारी बुटवलका रबिन्द्रलाल श्रेष्ठ पनि एक वर्षदेखि विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले आयोजना गर्ने योग कक्षामा आउँछन् । दिनभर कपडा पसलमा व्यापार गर्ने उनी बिहानको डेढ घण्टा समयमा व्यवस्थापन गरेर योग कक्षा लिन्छन् । मासिक थोरै रकम सहयोग जुटाएर स्वास्थ्य रहन सकिने उदाहरण उनले दिए ।विगत चार वर्षदेखि राधाकृष्ण योग साधना केन्द्रका योग प्रशिक्षक अमुल्यमान थैवले नियमित योग सिकाउँदै आएका छन् । योगबाट शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा मिल्ने उनले बताए ।

हाम्रो परम्परा र संस्कृतिमा योग ऋषिहरूबाट दिइएको उत्कृष्ट साधनाका रूपमा योग भएको भन्दै उनले आधुनिक व्यस्त जीवनशैलीमा रहेका मानिसहरूलाई जरुरी रहेको बताउँछन् । बिहान सबेरै आधा घण्टा व्यायाम, सुर्यनमस्कार, विभिन्न आशन्नहरू, भस्त्रिका, कपालभाती, अनुलोम विलोम, शान्ति पाठ हुँदै योग सकिन्छ । योग साधनाबाट ऊर्जा प्राप्त हुन्छ । दैनिक डेढ घण्टाको व्यायाम गराइँदै आएको छ । यसैबिच बिहीबार विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले एसईईमा उत्तीर्णलाई सम्मान गरेको छ । यसैबिच बिहीबार गुरूपुर्णिमाको अवसरमा विशेष कार्यक्रमसहित समाजकी अध्यक्ष कमला मल्लकी छोरी बिनिषा मल्ललाई जेष्ठ नागरिक तथा समाजसेवी सितादेवि श्रेष्ठले सम्मान गरेको सचिव सरस्वति श्रेष्ठले बताइन । विसं २०७८ सालदेखि योग गरिँदै आएको हो ।

बुटवलका धेरै स्थानमा अहिले निःशुल्क व्यायाम आयोजना गरिँदै आएको छ । लक्ष्मीनगर, दीपनगर, बहुमुखी क्याम्प, वाणिज्य क्याम्पस लगायत धेरै स्थानमा ठक कुमार श्रेष्ठ र विष्णु माया श्रेष्ठ दम्पती विगत ३ महिना देखी योग तथा जुम्बा सञ्चालन गर्दै आएका छन् । ‘योग गरौँ, स्वास्थ्य रहौँ’ भन्ने नारासहित हरेक दिन संगितमा व्यायाम गराइँदै आएको देविनगरमा आयोजना गरिँदै आएको योग प्रशिक्षण कार्यक्रमका संयोजक विष्णु प्रसाद उपाध्यायले बताए । योगालाई नयाँ स्वरूपमा सङ्गीतसँगै व्यायाम मार्फत प्रस्तुत गरिँदा यसमा सबै वर्ग र उमेर समूहको आकर्षण बढेको छ ।

दिनहुँ बुटवल वरपर आयोजना हुने योगामा ४५०/५०० सम्म सहभागी हुँदै आएको छ । विगतमा केवल वृद्धहरू वा आध्यात्मिक रुचि भएका व्यक्तिहरूको अभ्यास मानिएको योग, आज स्वास्थ्य प्रेमी युवाहरू, विद्यार्थी, गृहिणी, कर्मचारी र व्यवसायीहरूको रोजाइ बन्न थालेको छ । योग अब केवल स्वास्थ्य अभ्यास मात्र नभई नागरिक सचेतनाको एउटा सकारात्मक रूप बनिरहेको छ । यसले सांस्कृतिक पुनरुत्थान, शारीरिक फिटनेस र मानसिक सन्तुलन प्रदान गर्दै समग्र समाजलाई स्वस्थ र समुन्नत बनाउन योगदान दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?