ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

प्रतिष्ठानलाई ‘प्रथम सेवा विन्दु’ तोक्न नागरिक समाजको ध्यानाकर्षण 

२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार
दाङ,  २८ असार ।
आगामी साउन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा बोर्डले दाङ घोराहीको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा मात्रै तोकेपछि नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारी स्वास्थ्य संस्था मात्रै ‘प्रथम सेवा विन्दु’ रहने व्यवस्थाले सेवाग्राहीलाई असहज अवस्था सिर्जना हुने भन्दै प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा नभई ‘प्रथम सेवा विन्दु’ तोक्नसमेत  समाजले अपिल गरेको छ ।
स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य बीमा बोर्डले दाङका लागि तय गरेका प्रथम सेवा बिन्दुबाट रिफरको पत्र ल्याए मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार गर्न पाउने निर्णयले घोराही क्षेत्रका सेवाग्राही थप मर्कामा पर्ने भन्दै नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समाजका जिल्ला संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमा गरेका नागरिकलाई उपचार सेवा सहज र थप प्रभावकारी बनाउनुपर्ने अवस्थामा थप झञ्झटिलो र समस्या थप्ने काम गरिएको भन्दै निर्णय सच्याई नागरिकको स्वास्थ्य उपचार सेवा पाउने अधिकार सम्बोधन गर्न अपिल गरेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा कायम गर्दै प्रथम सेवा केन्द्रबाट रिफर पूर्जी लिएर आएमा मात्रै उपचार गरिने असान्दर्भिक र अवैज्ञानिक निर्णय तत्काल खारेज गरी प्रतिष्ठानलाई पनि प्रथम सेवा केन्द्र कायम गरी सर्वसुलभ र प्रभावकारी सेवा उपलब्ध गराउन नागरिक समाजले सम्वद्ध सरोकार निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
‘स्वास्थ्य बीमा बोर्डको निर्णयले दाङवासीमा पर्ने असर बारे सोँच्न सरोकार सबै पक्षलाई गम्भीर बन्न आग्रह गर्दछौँ । घोराही कै बासिन्दा रिफर गराउन बाहिर जानु कति उपयुक्त हुन्छ ?, स्वास्थ्य जस्तो संबेदनशील विषयलाई ख्याल गरेर प्रतिष्ठानलाई रेफरल सेन्टर नभई प्रथम सेवा केन्द्रका रुपमा तोक्न समेत नागरिक समाज  सरोकार सबैमा अनुरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य बीमा बोर्डको निर्णयले स्वास्थ्य बीमा गरेका हरेक नागरिकलाई मर्कामा नपार्न र उपचार सेवा सहज बनाउने विषयमा सहजीकरण गर्न पनि नागरिक समाजले सम्वद्ध निकायलाई अनुरोध गरेको छ ।
स्वास्थ्य बीमा बोर्ड दाङका अनुसार जिल्लामा सबैभन्दा धेरै स्वास्थ्य बीमा गराउनेमा घोराहीमा नागरिक रहेका छन् । तर, उनीहरुलाई स्वास्थ्य उपचार सेवा लिन अरु ठाउँमा जानुृपर्ने अवस्था सिर्जना भएको छ ।
प्रतिष्ठानले शुक्रबार मात्रै एक सूचना जारी गर्दै नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफरल सेन्टर मात्र कायम भएको जानकारी गराएपछि यस विषयमा आम नागरिकले पनि चासो व्यक्त गरेका छन् । स्वास्थ्य बिमा बोर्डले दाङमा प्रथम सेवा बिन्दुका रुपमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, स्युजा प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, बंगलाचुली अस्पताललाई तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?