© २०२३
बुटवल, २८ असार । एन प्याब्सन रुपन्देहीले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार बुटवलमा भएको कार्यक्रम गरि जिल्लाका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा एसईई २०८१ मा ग्लोरी बोर्डिङ स्कुलबाट ४ जिपिए ल्याएका छात्र स्मरण पौडेललाई नगद १० हजार रुपैया र प्रमाणपत्रबाट सम्मान गरिएको संस्थाका सचिव अमित यादवले बताए । यसैगरि एसईईमा ए प्लस भन्दा बढि अंक ल्याएका करीब ८० बढी विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले उद्घाटन गर्दै शैक्षिक गतिविधिमात्र नभई अतिरिक्त कार्यमा एनप्याब्सनको भुमिका महत्वपूर्ण रहेको बताए । विद्यार्थीको भावि शैक्षिक योजना बनाउने उपयुक्त समयलाई बुझन र बुझाउन जरुरी रहेको उनले बताए । शिक्षकहरुको क्षमता विकासका लागि आयोजना गरिएको कार्यक्रम अझ प्रभावकारी भएको उनले बताए । कक्षाकोठामा विद्यार्थीहरुलाई सहज माध्यमबाट सिकाईमा शिक्षकहरुलाई तालिम उपलब्धिमुलक हुनेमा आशाबादी रहेको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष बाबुराम बन्जाडेले संसारका सफल व्यक्तिहरू निरन्तर सिकाइलाई नै जीवनको मूल मन्त्र बनाएको उदाहरण दिँदै युवालाई आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे । जिपिए मात्र ठुलो नहुने भन्दै उनले यसलाई सहयोगी पाटोका रुपमा लिएर अघि बढ्न सुझाव दिए । शिक्षकहरुलाई क्षमता विकास महत्वपूर्ण पाटो मानिने भन्दै विज्ञबाट नै अभिमुखिकरणको कार्यक्रम गरिएको बताए । कक्षा १ देखि ७ सम्मका विज्ञान शिक्षकलाई समावेश गराई करिकुलम आधारित तालिम चलाएको उनले बताए । प्राविधिक धार युवाहरुमा आर्कषण रहेको भन्दै ५६ वटा प्रोगामहरु नेपालमा नै रहेको उनले बताए ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रिय उपमहासचिव विष्णु प्रसाद पौडेल, केन्द्रिय सचिव बालाकृष्ण तिवारी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थी, अभिभावक, शिक्षकलाई समेटेर रचनात्मक कार्यक्रम गर्न सुझाव दिए । तालिममा ८० जना शिक्षकलाई सहभागी रहेका थिए ।