ट्रेंडिंग:

>> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी

अन्नको भण्डार बर्दियाका किसान मल विनै धान रोपाइँ सकाउँदै 

२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

बर्दिया, २८ असार ।

मलको चरम अभाव भएका बेला किसानहरूलाई रोपाइँको चटारो छ । किसानले मल किन्न नपाएपछि त्यसै रोपाई गर्न बाध्य छन् । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका अनुसार बर्दियामा करिब ६० प्रतिशत रोपाई भइसकेको छ । किसानहरूले मल विनै धान रोपाई गर्दैछन त्यसमा उत्पादन घट्नु स्वाभाविक हो तर किसानहरूले वैकल्पिक मल धैँचा, गाई भैँसीको गोबर मल प्रयोग गर्ने सके त्यसले केही सुधार गर्छ तर रासायनिक मल अनिर्वाय नभए उत्पादन त्यसै घट्ने एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका प्रमुख सागर ढकालले जानकारी गराए । जुन हिसाबले बर्दियाले बर्दियालाई अन्नको भण्डार मानिएको छ त्यो हिसाबले मल उत्पादन गराउन सकेको छैन ।

यदि बर्दियामा धानको उत्पादनमा कमी आयो भने यसको असर धेरै जिल्लाहरूमा पर्न सक्ने प्रमुख ढकालले जानकारी गराए ।  बर्दियाको पश्चिम क्षेत्रमा सिँचाइको सुविधा भएका कारण रोपाई बढी भएको हो । राजापुर नगरपालिका ३ का शशी चौधरीले स्थानीय कृषि सहकारीमा तीन÷चार पल्ट धाए पनि मल नपाएपछि रोपाई सुरु गरेको बताउँछन् । खेतीपाती गर्न ढिलो हुन थालेपछि मलविना नै रोपाई सुरु गरेका हुन । मल नहाल्दा उत्पादन घट्ने उनलाई राम्रो गरी जानकारी छ । गत वर्ष भन्दा यो वर्ष उत्पादनमा निकै कमी हुने अनुमान समेत गरेको बताए ।

तर बाध्यताले रोपाई गरिरहेका छन् । ‘मलकै लागि कति दौडनु । जति पल्ट सहकारी पुगे पनि मल छैन भन्दै फिर्ता पठाउँछन्,’ उनको गुनासो छ,‘पैसा तिरेर पनि मल पाइएन । किसानलाई मार भो ।’ रोपाइँको चटारो चलिरहेका बेला बर्दिया मात्र नभएर बाँकेमा समेत मलको चरम अभाव भएको छ । मल नपाएपछि किसानहरू समस्यामा परेका छन् । मल किन्नका लागि किसानहरू दैनिक दुई÷तीन पल्ट सहकारी पुग्छन् । रित्तै हात फर्किन्छन् । मल नहालेरै रोपाई गरिएका कारण उत्पादन घट्ने बढैया ताल गाउँपालिका वडा नम्बर ५ का विहारी सिंह थारुले बताए । चार पल्ट सहकारी धाउँदा पनि मल नपाएपछि उनी सरकारप्रति आक्रोशित छ

बर्दियामा बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल बिक्रीका लागि १ सय २० सहकारी संस्था कृषि सामग्री लिमिटेडमा दर्ता छन् । सहकारीले फुटकर रूपमा मल ल्याउँदै किसानलाई बिक्री गरिरहेका छन् । कृषि सामग्री लिमिटेडका अनुसार बाँकेका लागि ६ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डिएपी र १ सय मेट्रिक टन पोटास आवश्यक पर्छ । मलको प्रयोग नगरिए २० देखि ३५ प्रतिशत उत्पादन घट्ने एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका र कृषि ज्ञान केन्द्र बाँकेले अनुमान गरेका छन् । तर किसानहरूले भने खेतीका समयमा मल पाउन सकेका छैनन् । त्यस्तै बीउ राम्रो नभए २० प्रतिशत उत्पादन घट्छ ।

सरकारले गरेको घोषणा अनुसार कृषि प्रधान देशमा यो आर्थिक वर्षमा नेपालगन्ज भन्सार कार्यालयको नाकाबाट ६ अर्ब बढीको चामल मात्र आयात भएको छ । यति धेरै चामल आयात हुनुमा नेपाल सरकारकै हात छ । सरकारले किसानहरूलाई समयमा आवश्यक मल लगायत किसानहरूलाई चाहिने मल लगायत अन्य सामग्री उपलब्ध गराउन सके भारतबाट त्यति धेरै मूल्य बराबरको चामल आयत गर्न आवश्यक देखिँदैन । जस कारण सरकारले देशलाई कृषि प्रधान देश हो भनेर चिनाउनकै लागि भए पनि किसानहरूको समस्यालाई मध्य नजर गरेर किसानहरूको आवश्यकता पुरा गर्न जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?