Butwal Today

विदेश जान पाइने डलर सीमा बढ्यो, अब ३ हजार डलरसम्म लैजान मिल्ने

२७ असार २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं ।

अब विदेश यात्रा गर्ने नेपाली नागरिकले बढीमा ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यो घोषणा गरेका हुन्।

यसअघि नेपाली नागरिकलाई विदेश यात्रा गर्दा २ हजार ५ सय अमेरिकी डलरसम्म मात्रै लैजान पाइन्थ्यो। अब यो सीमा बढाएर ३ हजार पुर्‍याइएको छ, जसले वैदेशिक यात्रामा सहजता ल्याउने अपेक्षा गरिएको छ।