ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

युवामा तनाव र यसको व्यवस्थापनमा बौद्ध दृष्टिकोण

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

तनाव भनेको मानिसको जीवनमा आउने परिवर्तन, घटना र परिस्थितिहरूले शारीरिक तथा मानसिक रूपमा दिने प्रतिक्रिया हो, तनावको प्रमुख असर मानसिक स्वास्थ्यमा पार्दछ । मानसिक स्वास्थ्य भनेको व्यक्तिको मनोवैज्ञानिक अवस्था हो, जसमा भावना, सोच, व्यवहार र सामाजिक पक्षहरू समेटिएका हुन्छन् । तनावलाई कठिन परिस्थितिका कारण उत्पन्न हुने चिन्ता वा मानसिक दबाबको अवस्था पनि भन्न सकिन्छ । मानसिक स्वास्थ्यले हाम्रो भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पक्षको समग्र अवस्था जनाउँछ, र कमजोर मानसिक स्वास्थ्यले प्रायः तनाव निम्त्याउँछ ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वमा प्रत्येक चार मध्ये एकजना व्यक्ति कुनै न कुनै समयमा मानसिक वा स्नायुसम्बन्धी समस्याबाट प्रभावित भएका छन् । हाल करिब ४५ करोड मानिस यस्ता मानसिक समस्याबाट पीडित छन्, जसले मानसिक रोगलाई विश्वभर स्वास्थ्य समस्याको प्रमुख कारण मध्ये एक बनाएको छ ।

तनावले हाम्रो सोच, भावना र व्यवहारलाई असर गर्छ । यो कुनै एक उमेर समूहमा सीमित नरही सबै उमेरका मानिसमा देखा पर्छ, तर पछिल्लो समय तनावको सर्बाधिक प्रभाव युवाहरूमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार युवावस्थालाई १५ देखि २४ वर्षसम्मको उमेर समूहको संक्रमणकालीन समय मानिन्छ, यद्यपि विभिन्न संस्था र देशहरूले यसको परिभाषा केही फरक तरिकाले गरेका छन् । नेपालमा राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ देखि४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । हालको राष्ट्रिय तथ्यांक अनुसार यो उमेर समूहले नेपाल जनसंख्याको लगभग ४२ प्रतिशतदेखि ४३ प्रतिशत हिस्सा ओगटेको छ ।

तनावले युवाको मनस्थिति, एकाग्रता, निद्रा र समग्र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ । जब तनाव अत्यधिक हुन्छ, तब यसले सामाजिक एकान्तता, आक्रोश, शारीरिक रोग वा लागूपदार्थको प्रयोग जस्ता गम्भीर समस्याहरू निम्त्याउन सक्छ । विगतका पुस्ताहरूको तुलनामा आजका युवाहरूमा तनावको स्तर उल्लेखनीय रूपमा वृद्धि भएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

सन २०२० मा गरिएको नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार करिब ५.२ प्रतिशत जनसंख्या वयस्क मानसिक समस्याबाट पीडित छन्, र तीमध्ये धेरैजसोको सुरुआत युवावस्थाबाटै हुने गरेको देखिएको छ । नेपाल प्रहरीको २०२२–२०२३ को तथ्याङ्क अनुसार आत्महत्यामा सबैभन्दा बढी प्रभावित समूहहरूमा विद्यार्थीहरू दोस्रो स्थानमा छन्, जुन तथ्यले नेपाली युवाबीच मानसिक असन्तुलन र तनावको अवस्था गम्भीर बन्दै गएको संकेत गर्छ ।

तनाव जीवनको नछुट्ने यथार्थ हो । शिक्षा, करियर, आर्थिक अवस्था, समय व्यवस्थापन र सम्बन्ध जस्ता चुनौतीहरू युवाहरूले दैनिक जीवनमा भोगिरहेका छन् । तनाव सबैको जीवनमा हुन्छ, तर यसलाई सही तरिकाले व्यवस्थापन गर्न सकिएमा यसको असर कम गर्न सकिन्छ । कतिपय युवाहरू तनावलाई सजिलै सामना गर्छन् भने धेरैजना तनावका कारण नकारात्मक असर भोगिरहेका हुन्छन् ।

रोजगारीको प्रतिस्पर्धा, करियरको दबाब, आर्थिक अनिश्चितता र अध्ययन वा रोजगारीका लागि विदेश जाने प्रवृत्ति नेपाली युवाबीच तीव्र गतिमा बढ्दो छ । यी सबै कारणले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । साथै, मोबाइल र सामाजिक सञ्जालमा बित्ने अत्यधिक समयले उपलब्धि देखाउने र अरूको जीवनसँग तुलना गर्ने अस्वस्थ प्रतिस्पर्धा जन्माएको छ । यस्तो प्रवृत्तिले युवामा निराशा, आत्म सन्देह र तनावको अनुभव झनै बढाइरहेको छ ।

तनाव विभिन्न तरिकाले आउँछ मानसिक, भावनात्मक, शारीरिक र अन्य रूपहरूमा । धेरैपटक तनावको सुरुआत अस्वस्थ वातावरणबाट हुन्छ र यो जीवनभर टिक्न सक्छ । विभिन्न अध्ययनहरूले देखाएका छन् कि नेपालका युवाहरूमा तनावको स्तर दिनप्रतिदिन बढ्दै गएको छ, जुन हाम्रो समाजका लागि चिन्ताजनक विषय हो ।

व्यस्त र छिटो गतिमा चल्ने जीवनशैलीमा मानिसहरूले प्रायः वर्तमानमा बाँच्न भुल्छन् । विगतका कुरामा डुब्छ वा भविष्यको चिन्तामा फस्छन्, तनावसँग सामना गर्ने सबैभन्दा प्रभावकारी तरिका बुद्ध धर्मले सिकाउँछ, जुन युवाहरूले आफ्नो व्यस्त जीवनशैलीमा समेत सजिलै अपनाउन सक्छन् । धेरै अध्ययनहरूले देखाएका छन् कि नियमित रूपमा ध्यान र सचेतन अभ्यास गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । बुद्ध धर्ममा आधारित mindfulness (सचेतना) अभ्यासले रक्तचाप कम गर्न, निद्रा सुधार्न, पीडा व्यवस्थापन गर्न र स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ । बुद्धका शिक्षाहरूले मानिसलाई वर्तमान क्षणमा ध्यान केन्द्रित गर्न र मनको शान्ति खोज्न प्रोत्साहित गर्छ, जसले मानसिक तनाव कम गर्न र जीवनलाई सन्तुलित बनाउन सहयोग पुर्याउँछ ।

आजको तीव्र प्रतिस्पर्धात्मक र प्रविधिमैत्री समाजमा, मानसिक तनाव युवाहरूको जीवनमा सामान्य चुनौती बनेको छ । यस्ता अवस्थामा बौद्ध धर्मका शिक्षाले आत्मचिन्तन, करुणा र सचेत जीवनशैलीको अभ्यास मार्फत युवाहरूलाई सन्तुलित र सकारात्मक मार्गतर्फ लाग्छ । ध्यान जस्ता अभ्यासहरूले कुनै धर्म विशेषमा सीमित नभई सबैका लागि उपयोगी हुन सक्छन् । यदि हामीले शिक्षण संस्थामा, परिवारमा र सामाजिक वृत्तमा यस्ता अभ्यासलाई प्रवद्र्धन गर्न सके, भविष्यको पुस्ताले तनावमुक्त र मानसिक रूपमा सशक्त जीवन बाँच्न सक्छ ।

धेरै आधुनिक अनुसन्धानहरूले देखाएका छन् कि ध्यानले तनाव, डिप्रेसन र बेचैनी कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । एक अध्ययन अनुसार, दैनिक १० देखि २० मिनेट ध्यानले मानिसको दिमागमा सकारात्मक परिवर्तन ल्याउँछ, जसले भावनात्मक नियन्त्रण र मनोबल बढाउँछ । यस्तो अभ्यासले न्यूरोबायोलोजिकल स्तरमा समेत फाइदा पुर्याउने देखिएको छ, जसले तनावपूर्ण परिस्थितिमा पनि दिमागलाई शान्त राख्न सक्षम बनाउँछ ।

बौद्ध धर्मका महत्वपूर्ण आधारहरूमा चार आर्य सत्य, पाँच शील, आठ आर्य अष्टाङ्गिक मार्ग पर्दछन् । यी शिक्षाहरूले मानिसलाई दुखको कारण बुझ्न र त्यसबाट मुक्त हुने मार्ग देखाउँछन् । विशेषगरी, चार आर्यसत्यले दुःखको सत्य र त्यसको अन्त्य कसरी सम्भव छ भन्ने आधार प्रदान गर्छ भने, आठ आर्यअष्टाङ्गिक मार्गले सही दृष्टिकोण र आचरणमार्फत मानसिक शान्ति र सन्तुलनको अभ्यास सिकाउँछ । पाँचशीलले युवामा नैतिकता र सदाचार विकास गर्छ, जसले मानसिक अस्थिरता कम गर्दै मनलाई शान्त र सजग बनाउँछ । हिंसा, चोरी, झूट, अनुचित यौन व्यवहार र मादक पदार्थबाट टाढा रहन सिकाउनुले युवालाई मानसिक तनावबाट टाढा लाग्छ ।

बौद्ध धर्म केवल ध्यान र शान्तिको अभ्यासमा सीमित छैन, यसले जीवनको गहिरो उद्देश्य बुझ्न र दुःखबाट मुक्ति पाउन स्पष्ट मार्गदर्शन दिन्छ । यसको शिक्षाले युवाहरूलाई नैतिक जीवन बिताउने, आफ्नो सोचलाई सकारात्मक बनाउने र आध्यात्मिक रूपमा विकसित हुने आधार दिन्छ । आजको दौडधुप र मानसिक चुनौतीले भरिएको समयमा बौद्ध दर्शनले युवाहरूलाई आन्तरिक शान्ति, आत्मबोध र जीवनप्रतिको गहिरो समझ दिलाउन सक्छ । यस्तो सोच र अभ्यासले न केवल मानसिक स्वास्थ्य बलियो बनाउँछ, जीवनलाई नै नयाँ दिशा दिन सक्छ ।

आजकल धेरै युवा तनाव, डिप्रेसन, चिन्ता जस्ता मानसिक समस्याबाट पीडित छन् । यस्तो अवस्थामा बौद्ध दर्शन निकै उपयोगी हुन सक्छ । ध्यान र आफ्नै मनलाई बुझ्ने अभ्यासमार्फत बौद्ध दर्शनले युवाहरूलाई मानसिक समस्याबाट बाहिर निस्कन सहयोग पुर्याउँछ । ध्यानले आफ्नो भावना र सोचलाई नकारात्मक मूल्यांकनबिना हेर्न सिकाउँछ, जसले मनलाई शान्त राख्न मद्दत गर्छ । यसले आत्मविश्वास बढाउँछ, आत्म सम्बन्ध बलियो बनाउँछ र मानसिक समस्यासँग जोडिएको लाज हटाउन सहयोग पुर्यााउँछ । बौद्ध अभ्यासहरू दैनिक जीवनमा अपनाउँदा मनको शान्ति, सकारात्मक सोच र जीवनमा गहिरो परिवर्तन सम्भव हुन्छ ।

निष्कर्षमा, बौद्ध दर्शनले युवाहरूलाई केवल शान्त महसुस गराउने मात्र होइन, जीवनमा अर्थ र दिशा खोज्न मद्दत गर्छ । आजको समयमा जब धेरै युवा अन्योल, तनाव र निराशाको स्थितिमा छन्, बौद्ध अभ्यासले उनीहरूलाई आफ्नैभित्र शान्ति र उत्तर खोज्न प्रेरणा दिन सक्छ । आत्मअनुशासन, ध्यान र दयाको अभ्यासले सोचाइमा स्पष्टता ल्याउँछ र आत्मबल बढाउँछ । यस्तो सोचले युवालाई नकारात्मक अवस्थाबाट बाहिर निकालेर सकारात्मक र उद्देश्यपूर्ण जीवनतर्फ अगाडि बढाउन सक्छ ।
भवतु सब्ब मङ्गलम् !!!
(लेखक, लुम्बिनी बौद्ध विद्यालयमा बिएएलएलबी, चौथो सेमेस्टरमा अध्ययनरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?