ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मैथिली समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा गुरु सम्मान

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

बुटवल ।

मैथीली समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका–११ स्थित नहरपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै शिक्षकहरुलाई सम्मान गरेको छ।

समाजले शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच गरिव तथा विपन्न परिवारका ३८ जना विद्यार्थीलाई झोला तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको हो । यसैगरी विद्यालयमा अध्यापनरत शिक्षक तथा मैथीली समाज रुपन्देहीको सदस्य भई शिक्षण पेसामा आवद्धहरु गरी ६० जना बढी शिक्षकलाई सम्मान गरिएको हो ।

सो अवसरबा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देही कार्यालयका प्रमुख माधव बन्जाडेले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहन गरिएकोमा खुसी व्यक्त गरे । समुन्नत समाज निर्माणका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले सबैको पहुँचमा शिक्षालाई पुर्याउनका लागि मैथीली समाज जस्तै हरेक सामाजिक संघ–संस्थाहरुले हातेमालो गर्नुपर्नेमा जोड दिए । यसैगरी मैथीली समाज रुपन्देहीका संस्थापक उपाध्यक्ष विद्यासागर झाले सामाजिक तथा सिर्जनात्मक गतिविधिको माध्यमबाट मैथीली समाज एक ठाउँमा उभिने वातावरणको निर्माण गरिएको भन्दै खुसी व्यक्त गरे ।

शिक्षा क्षेत्रको बिकास लागि समाजले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर विपन्न तथा गरिव परिवारका विद्यार्थीलाई सहयोग गर्नु सकारात्मक पक्ष भएको उल्लेख गरे । कार्यक्रममा बोल्दै नहरपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापा, प्रधानाध्यापक धनिश्वर गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले मैथीली समाजको सिर्जनशिल गतिविधिलाई निरन्तरका लागि आग्रह गरे ।

निःश्वार्थ रुपले गरिने कुनै पनि सामाजिक कार्यले सधै सकारात्मक प्रभाव बनाउन सक्ने भन्दै उनीहरुले थप क्रियासिल भएर अघि बढ्न आग्रह गरे । मैथीली समाज रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहको अध्यता तथा कार्यक्रम संयोजक गणेश मइतो समन्वयमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?