© २०२३
नवलपरासी, २७ असार । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई केन्द्रीय अनुशासन समितिले एक वर्षका लागि निष्कासित गरेपछि त्यसको विरोधमा आज परासीमा विरोध प्रदर्शन गरिएको छ । जिल्ला कार्यसमिति, पार्टीका विभिन्न भातृ सङ्घ संस्थाहरूको आयोजनामा विरोध प्रदर्शन गरिएको थियो ।विरोध सभामा संस्थापन पक्षका भातृ सङ्गठनका नेताहरूले भने कार्यक्रममा सहभागिता नजनाउन संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।
बिपि स्मृति भवनबाट निकालिएको विरोध ¥याली परासी बजार घणटघर परिक्रमा हुँदा बुद्धचोकमा कोणसभामा परिणत भएको थियो । खनाल समर्थक कार्यकर्ता क्षेत्र तहका नेतृत्व तथा शुभचिन्तक हरूको सहभागिता रहेको विरोध ¥यालीमा सहभागीहरूले धनवाद डनबाद मुर्दाबाद ,केन्द्रीय अनुशासन समिति राजिनामा दे, पैसाले पार्टी किन्न पाईदैन ,सच्चा कार्यकर्ताको आवाज दबाउन पाइदैन जस्ता नारा लगाएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भीम बहादुर थापा भरतले अरुको उक्साहटमा लागेर गरिएको निर्णय भन्दै घोर भत्सर्ना गरे ।“अरुको पार्टीबाट आएको कुनै राजनीति इतिहास नबोकेको ब्यक्तिको विरुद्धमा उत्रन सबै कार्यकर्तालाई आग्रह गर्दछु“ थापाले भने ।पार्टीको सिद्धान्त र कार्यकर्ताको भावना नबुझिए निर्णय फिर्ता नगरे कारबाही गर्नेहरूको उल्टा दिन गन्ती सुरु हुने समेत थापाले चेतावनी दिए ।
क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर २ का सभापति दिपक भुसाल र मुस्लिम सङ्घ नवलपरासीका अध्यक्ष बद्री आलमले केन्द्रीय अनुशासन समिति नै अनुशासनहीन रहेको भन्दै नवलपरासीमा कारबाहीको डन्डा चलाएर पार्टी तितरबितर बनाउन केन्द्रनै तल्लिन भएको बताए ।अध्यक्ष भुसालले एउटा नेतालाई कारबाही गर्दैमा बिचार नमर्ने र इतर समुह खाली नहुने हुँदा त्यो सपना नदेख्न समेत आग्रह गरे ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले समेत देवेन्द्र राज कँडेललाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको पार्टीका जिल्ला सचिव कुलदिप आचार्यले बताए ।स्थानीय तहको निर्वाचनमा सभापतिको हस्ताक्षर किर्ते गरी बागी उमेदवारलाई जिताउन उनको पक्षमा बिज्ञप्ती जारी गरेको नेता कंडेल माथी इतर समुहका नेताहरुको आरोप रहेको छ ।सोही आधारमा उनलाई ५ वर्षका लागि निष्कासन गरिएको जिल्ला प्रवक्ता राधेश्याम पाठकले बताए ।
खनाललाई कारबाही भएपछि दुई गुटबिचको शक्ति प्रदर्शनको टकराव चलेको छ ।जिल्लामा खनाल र देवेन्द्र राज दुईगुटको खुला लडाइँले काङ्ग्रेस नवलपरासीमा फेरी किचलो सुरु भएको छ ।बिनोद चौधरी र देवेन्द्र राज कंडेलको दबाबमा खनालमाथी पुर्वाग्रही रुपमा कारबाही गरिएको खनाल पक्षको ठहर छ ।कारबाही फिर्ता नलिए चरणबद्ध रुपमा शसक्त रुपमा आन्दोलन चर्काईने बताईएको छ ।
बिहिबार बर्दघाट्मा आयोजित पत्रकार सम्नेलना नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेस प्रदेश सदस्य बिश्वप्रेम पाठकले टिकट नपाउदा ब्यक्त गरिएको असन्तुष्टिलाई रेकर्ड गरेर सुनियोजित रुपमा प्रयोग गरिएको बताए ।
यता जिल्लाले ५ वर्षका लागि निष्काशन गरेको प्रती केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले जिल्लाले आफुलाई कारबाही गर्नु हास्यास्पद भएको बताएका छन ।जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताउदै कंडेलले टाउकोले पुच्छर हाल्लाउनु पर्नेमा पुच्छरले टाउको हल्लाउन खोजेको स्थानिय संचार माध्यम मार्फत टिप्पणी गरेका छ्न ।प्रमाण र सबुतका आधारमा अनुशासन समितिले कारबाही गरेको बताउदै कंडेलले पार्टी भित्र अन्तर्घात गरेको पुष्टि भए जो सुकै लाई कारबाही हुने जिकिर गरे ।
बिगतदेखि नै एकले अर्को टिम प्रती अन्तर्घातको आरोप लगाउदै आईरहदा दुबैको लडाईले बिनोद चौधरीको आगमन भएको र र खनाललाई सिध्याउने चक्करमा कंडेल आफै १६ हजार मतान्तरले पराजय भोग्नु पर्नेको समेत पार्टीतहमा चर्चा चल्ने गरेको छ ।
जिल्लाका संस्थापन पक्षले पनि नेता खनाल माथी घण्टि र कोदालो लाई भोट मागेको र आफ्नै उमेदवार हराउन भूमिका खेलेको आरोप लगाउदै आएका छन ।त्यसको जवाफमा नेता खनालले आफ्नो क्षेत्रमा तिनै वटा पालिका जिताउन सफल भएको बताउदै खनालले नेता कंडेलको क्षेत्रमा सबै तहमा पराजय भोग्नुको कारण पार्टीले खोज्नु पर्ने बताउँदै आएका छ्न ।“आफ्नो क्षेत्रको तिनैवटा पालिका जिताए,पार्टी मिलाउने कुरामा फरक गुटका ब्यक्तिलाई समेत टिकट दिएर जितायौ,कडेल जिले एउटा पालिका जिताउन सक्नु भएन अब भन्नुस म कसरी अन्तर्घाती भएँ“खनालले भने ।
आम जनताले पुराना दलको विकल्प खोजिरहदा दुबै पक्षको टकरावले नवलपरासीमा काङ्ग्रेसको अस्तित्वनै संकटमा पर्न सक्ने कार्यकर्ताहरूको भनाई छ ।