ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

काबुल: सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

काबुल, २७ असार ।

के अफगानिस्तानको राजधानी काबुल आगामी पाँच वर्षमा पानी सकिने पहिलो राजधानी सहर बन्न लागिरहेको छ ? यदि हामी गैर लाभकारी संस्था मर्सी कॉर्प्सलाई विश्वास गर्छौँ भने जवाफ हुनेछ, हो । मर्सी कोर्प्सले आफ्नो एउटा रिपोर्टमा काबुलमा पानीको अभाव भएकोमा चिन्ता व्यक्त गरेको छ। यसले जलवायु परिवर्तन र दशकौं लामो द्वन्द्वले काबुलको पानीको समस्यालाई गहिरो बनाएको उल्लेख गरेको छ। यदी यो बेलैमा समस्या समाधान नभएमा लाखौं मानिस विस्थापित हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

यस वर्ष अप्रिलमा प्रकाशित एक रिपोर्टले काबुलको भूजल स्तर पछिल्लो दशकमा २५–३० मिटर (८२–९८ फिट) ले घटेको बताएको छ। यसका कारण पानी निकासीले प्राकृतिक पुनःपूर्ति क्षमता ४४ मिलियन घनमिटर (१,५५३ घनफिट) नाघेको छ। प्रतिवेदनका अनुसार यो क्रम जारी रह्यो भने २०३० सम्ममा काबुलको भूमिगत पानीका स्रोतहरू सुक्नेछन्, जसका कारण अफगानिस्तानको राजधानीको अस्तित्व नै खतरामा पर्नेछ ।

मर्सी कोर्प्स अफगानिस्तानका निर्देशक डेने करीले संकटलाई प्रकाश पार्दै भने, ‘पानी अभावको अर्थ मानिसहरू भाग्न बाध्य हुनेछन्, अफगानिस्तानका जनताका लागि ठूलो बसाइ सराइ र ठूलो कठिनाइ हुनेछ।’ प्रतिवेदनमा युनिसेफले अनुमान गरेको छ कि काबुलका लगभग आधा भूमिगत बोरवेलहरू, जुन बासिन्दाहरूको लागि पिउने पानीको प्राथमिक स्रोत हो, पहिले नै सुकिसकेका छन् ।

त्यसो त काबुलको जनसंख्या सन् २००१ यता सात गुणाले बढेको छ। जसका कारण अपर्याप्त पूर्वाधार र प्रशासनका कारण पानी व्यवस्थापन जटिल बन्दै गएको छ। पञ्जशिर नदी खानेपानी पाइपलाइन आयोजनाले २० लाख जनतालाई पानी पु¥याउन सक्छ तर त्यसका लागि बजेट र सहयोग चाहिन्छ ।

‘काबुलले अहिले पनि पानीको सङ्कटको सामना गरिरहेको छ, जहाँबाट तत्काल कदम चालिएन भने त्यहाँबाट फर्किने सम्भावना छैन,’ जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले चेतावनी दिदै भने ।

वर्षामा कमी

मर्सी कॉर्प्सको चेतावनीले आउँदो दशकमा काबुलमा हुने विनाशकारी खडेरीलाई रोक्न तत्काल अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी स्थानीय शासनको लागि आह्वान गरेको छ। पछिल्ला वर्षहरूमा वर्षा पनि तीव्र रूपमा घटेको छ। काबुलको भूमिगत पानी भर्ने नदीहरू हिन्दुकुश पहाडहरूबाट पग्लने हिउँ र ग्लेशियरमा निर्भर छन्। तर, अक्टोबर २०२३ देखि जनवरी २०२४ सम्म अफगानिस्तानमा सामान्य रूपमा ४५ देखि ६० प्रतिशत मात्रै वर्षा भएको थियो।

सहरको अन्त्य नजिक

जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले राजधानी कहिले सुक्छ भन्न नसकिने बताए तर काबुलमा पानीको समस्या गम्भीर रूपमा रहेको भने उनले स्वीकार गरेका छन् ।  ‘अन्तिम इनार कहिले सुक्छ भनेर कसैले दाबी गर्न सक्दैन तर हामी जान्दछौँ कि जति भूमिगत पानीको स्तर घट्दै जान्छ, गहिरो भूमिगत पानी भण्डारणको क्षमता घट्छ। भूमिगत पानीलाई घट्दै गरेको कचौराको रूपमा कल्पना गर्नुहोस्, हामीलाई थाहा छ कि यसको अन्त नजिकै आइसकेको छ,’ उनले भने।

गरिबहरू सबैभन्दा बढी मारमा

असिम मेयर, जलस्रोत व्यवस्थापन विशेषज्ञ र काबुल पोलिटेक्निक युनिभर्सिटीका पूर्व लेक्चररले भने, “पानी सङ्कटले शहरका धनी र गरिब मानिसहरूबिचको खाडललाई उजागर गर्छ। धनी बासिन्दाहरूले गहिरो बोर होलहरू खन्न खर्च गर्न सक्छन्, जसले गरिबहरूको पहुँचलाई सीमित गर्दछ। यो सङ्कटले सबैभन्दा पहिले गरिबहरूलाई असर गर्छ।’

पानी जम्मा गरेर बित्यो जीवन

काबुलमा रहेको जलवायु संरक्षण एनजीओ, पर्यावरण संरक्षण प्रशिक्षण र विकास संगठन (इपीटिडिओ) का निर्देशक अब्दुलहादी अचकजाई भन्छन् कि यस विभाजनको सङ्केत सार्वजनिक पानीको धारा वा निजी पानी सङ्कलन गर्नेहरू बाहिर लामो लाइनहरूमा स्पष्ट देखिन्छ। रिबेका बासिन्दाहरू, जसमा प्रायः बच्चाहरू समावेश छन्, निरन्तर पानीको स्रोत खोज्न बाध्य छन्।

उनले भने, ‘हरेक साँझ, राति अबेरसम्म कामबाट घर फर्कँदा हातमा सानो डिब्बा लिएर पानी खोजिरहेको देख्छु, उनीहरु निराश देखिन्छन्, अध्ययन वा सिक्नुको ट्टा घरका लागि पानी जम्मा गरेर जीवन बिताइरहेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?