© २०२३
बुटवल, २७ असार । रोटरी क्लब अफ बुटवल डाउन टाउनले सामाजिक सेवा, वातावरण संरक्षण र नेतृत्व विकासलाई केन्द्रमा राखिएको यस वर्षका कार्यक्रमहरू अघि बढाउने छ । क्लबको १०३४ औ नियमित तथा आर्थिक वर्ष २०२५/२६ को पहिलो बैठकमा अध्यक्ष बाबुराम बन्जाडेले आफनो कार्यकालमा गरिने परियोजनाबारे जानकारी दिए ।
वातावरण संरक्षण अन्तरगत वृक्षारोपण, स्वच्छता अभियान, रक्तदान, स्कुल सपोर्ट कार्यक्रम, मानसिक स्वास्थ्य सचेतना, जस्ता बहुआयामिक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए । रोटरी डिष्ट्रिक ३२९२ को लक्ष्य अनुसार वास परियोजना अन्तरगत विभिन्न सुमदायमा शुद्ध पिउनेपानी मेशिन वितरण कार्यक्रम प्राथमिकतामा रहेको उनले बताए । क्लबको नियमित वार्षिक कार्यक्रम अन्तरगत पद स्थापन साउन ७ गतेसंगै गतिविधिहरु अघि बढ्ने उनले बताए । यसैगरि साउन १० गते ग्लोबल ट्रि प्लान्टेसन कार्यक्रम अन्तरगत नेपालभर आयोजना हुने कार्यक्रमलाई क्लबबाट समेत वृहत वृक्षारोपण गरि मनाउने उनले बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष मान बहादुर बिक, रबि लाल पोखरेल, भिम राज श्रेष्ठ, नर बहादुर श्रीष, बिमल भट्टराई, जबिन कक्षपतिले यस क्षेत्रमा नै उदाहरणिय काम गरेर पहिचान बनाएको क्लब समुदायको आवश्यकता र महत्वलाई बुझेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा क्लबका सचिव केशब बस्यालले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै युवालाई पनि सेवामा सहभागी गराउने उद्देश्यका साथ शिक्षा, स्वस्थ्य, महिला सशक्तिकरणका अभियानमा उत्कृष्ट परियोजनाहरु चलाउदै आएको बताए ।