Butwal Today

मौद्रिक नीति सार्वजनिक: बैंक दर ६ प्रतिशत, कर्जामा १२ प्रतिशत वृद्धि लक्ष्य

२७ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेपछि पहिलोपटक सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई सहज बनाउने उद्देश्यले सावधानीपूर्वक नरम नीति अवलम्बन गरिएको उल्लेख गरिएको छ।

नीतिअनुसार बैंक दर ६ प्रतिशत कायम गरिएको छ भने निक्षेप संकलन दर २.७५ प्रतिशत र नीतिगत दर ४.५ प्रतिशतमा राखिएको छ। गभर्नर पौडेलका अनुसार निजी क्षेत्रलाई प्रवाह हुने कर्जाको वृद्धिदर १२ प्रतिशतमा सीमित गरिनेछ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ब्याजदर र कर्जामा सन्तुलन कायम राख्दै आर्थिक सुधारतर्फ संकेत गरेको छ। कर्जाको पहुँच विस्तार गर्दै आर्थिक क्रियाकलापलाई गति दिने उद्देश्य राखिएको भए पनि मुद्रास्फीतिमा नियन्त्रण तथा वित्तीय स्थायित्वलाई प्राथमिकतामा राखिएको नीति देखिएको छ।

गभर्नर पौडेलले अर्थतन्त्रलाई उकास्न आवश्यक नरम नीतिहरू अपनाउँदै, सन्तुलित तरिकाले वित्तीय बजारमा स्थायित्व ल्याउने प्रयास गरिने स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?