© २०२३
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीलाई बैंकिङ क्षेत्रमा एकीकृत गर्ने व्यवस्था समावेश गरिएको छ।
अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको ‘केवाईसी’विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्ने छन्। यस प्रणालीअनुसार ग्राहकले एक पटक मात्र कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायहरूले पनि उक्त विवरण विद्युतीय रूपमा उपयोग गर्न सक्ने पूर्वाधार बनाइनेछ।
नवप्रवर्तन र प्रविधिमैत्री वित्तीय प्रणालीतर्फ केन्द्रित मौद्रिक नीतिमा डिजिटल भुक्तानी प्रणाली, सबल संरचना निर्माण र वित्तीय पहुँच विस्तारमा पनि विशेष जोड दिइएको छ।
राष्ट्र बैंकका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत समग्र वित्तीय प्रणालीलाई नयाँ चरणमा लैजाने योजना यस नीतिको मूल उद्देश्य हो।