ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

तिलौराकोटमा मनाईयो २६२० औं महाभिनिष्क्रमण दिवस 

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार
कपिलवस्तु, २७ असार ।  युवराज सिद्धार्थ गौतमले २९ बर्षको युवा अवस्थामा ज्ञान प्राप्तीका लागि राजसी सुखः सयल छोडेर दरबार छोडेको स्मरणमा कपिलवस्तुको तिलौराकोट दरबारमा बिहिबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । बुद्ध सर्किट्स डट कम नेपाल, गच्छामी मिडिया गु्रप र कपिलवस्तु पर्यटनद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा २ हजार ६ सय २० वर्ष अघिको घटना स्मरण गर्दै राति १२ बजे राजकुमार सिद्धार्थले दरबार छोडेको घटना चित्र प्रस्तुत गरिएको थियो ।
लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई सिगारिएको घोडा चढाएर साँकेतिक रुपमा घटना चित्र प्रस्तुत गरिएको हो ।
सिद्धार्थ गौतमले २९ बर्षको युवा अवस्था सम्मको राजसी सुखसयल छोडेर दरबार त्यागेको घटनासँग मेल खाने गरी सिद्धार्थले गरेको कठोर निर्णय महाभिनिष्क्रमण दिवशमा घटना चित्रण मार्फत देखाईएको थियो । लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई साँकेतिक रुपमा राजकुमार सिद्धार्थको रुपमा घोडामा चढाएर राजप्रासादको पूर्वी ढोकाबाट ज्ञानको खोजीमा हिडेको दृश्य देखाईएको थियो ।
अषाढ शुक्ल पुर्णिमाको अवसरमा लुम्बिनी बिकास कोष, कपिलवस्तु नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहकार्यमा तिलौराकोट परिसरमा आयोजित कार्यक्रममा दिवसको कार्यक्रम हेर्न मध्यरात सम्म स्थानीयहरू बसेका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले प्राचिन कपिलवस्तु (तिलौराकोट दरबार) बुद्धकालिन अवस्थाकै सम्बृद्ध र व्यवस्थित नगर भएको उत्खनन र अन्बेषणबाट पुष्ट्याई भएको बताए । तिलौराकोटलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्न दुई बर्ष पहिले युनेश्कोको सम्पदा सुची चयन समितिमा नोमिनेशन ड्रोसर पेश गरिएको जनाउदै शुक्रबारको ४७ औं बैठकमा सो बिषयको टुङ्गो लाग्ने उनले बताए । संस्कृती, पर्यटन तथा नागरिक उडडयन मन्त्री नेतृत्वको टोलीले सो का लागि आवश्यक पहलकदमी लिएको उनले जनाए ।
कोषले कपिलवस्तुका बुद्धका जिवनी जोडेका साईडहरुको बिकासलाई प्राथमिकतामा राखेको उनको भनाई थियो । लुम्बिनी बिकास कोषका सदभावना दुत तथा कार्यक्रमका परिकल्पनाकार बिक्रम पाडेँ काजीले सिद्धार्थले राजसी सुखः सयल छोडेर दरबार छोड्दाको अनुभुति दिलाउन बिगत ७ बर्ष देखी तिलौराकोटमा निरन्तर रूपमा महाभिनिष्क्रमण दिवस मनाउदै आएको बताए । आफूले परिकल्पना गरेको दिवश, कुदान उत्सव र माता मायादेवी सुत्केरी मार्ग पर्यटकिय प्रडक्टको रूपमा स्थपित हुने चरणमा पुगेको र यसले कपिलवस्तुको पर्यटनको ढोका खोलेर समृद्धिको मार्गमा अगाडी बढाउने उनले बताए । हाल सम्म स्थानियस्तरको सहकार्यमा दिवश मनाईदै आएकोमा आगामी दिनमा कोषलेनै सो को अपनत्व लिएर कार्यक्रमको आयोजना गर्न थालेको उनले जानकारी दिए ।
कपिलवस्तु नगरपालिकाले बुद्धको जिवनी जोडिएको कपिलवस्तुका बुद्धस्थलको बिकासलाई प्राथमिकतामा राखेको जनाउदै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले कपिलवस्तु नगरपालिका सहित बुद्धको जिवनी जोडिएका पाँच पालिकाले बुद्ध परिपथका लागी योजना निर्माण गरि कार्यक्रम अगाडी बढाएको बताए । पाँचै नगरको टोली अमेरिकाको टेक्सास राज्यमा पुगेका बेला सो राज्यले मार्च १३ को दिन लुम्बिनी एडभोकेसी डेका रुपमा बनाउने बिल पास गरेको र आगमी बर्ष देखी ट्क्सास राज्यमा लुम्बिनी एडभोकेसी डे मनाईने उनले जनाए ।
कपिलवस्तु नगरपालिकाले आगामी आर्थिक बर्षको निती कार्यक्रममा पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिएको जनाउदै कपिलवस्तु नगरपालिकाले देवदह नगरपालिकाको सहकार्यमा आगामी आवमा सिद्धार्थ गौतमको बिवाह उत्सव समेत मनाउन थालेको प्रमुख पौडेलले बताए । नगरमा आउने पर्यटकलाई आकर्षित गर्न बुद्ध र उनको परिवारको सदस्य र उनको जिवनी दर्शाउने मुर्तिहरु सडकका डिभाईडरमा राखेर बुद्धस्थलको झल्को दिने योजनाका साथ नगर अगाडी बढेको उनले स्पष्ट पारे । कपिलवस्तु नगरपालिका र जिल्लाबासीनै कपिलवस्तुमा आउने पर्यटक र बुद्धमार्गीलाई स्वागत गर्न प्रतिक्षारत रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बताए ।
लुम्बिनी बिकास कोषले कपिलवस्तुका बुद्धस्थललाई प्राथमिकतामा राखेर बिकास गर्नु पर्नेमा उनले जोड् दिए । कार्यक्रममा बोल्दै प्राचिन कपिलवस्तुको ऐतिहासिकता झल्काउदै बुद्धस्थलमा पर्यटकको आगमन दर बढाउनका लागी कार्यक्रमले भुमिका खेल्ने लुम्बिनी बिकास कोष तिलौराकोट कार्यालयका प्रमुख माधव आचार्यले बताए । महाभिनिष्क्रमण दिवशको कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकास गर्न टेवा पुर्याएको कार्यक्रमका अध्यक्ष तथा गच्छामी मिडिया ग्रुपका सञ्चालक मनोज पौडेलले बताए । राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको दिन, प्रथम धर्मदेशना गरेको दिन र मातालाई दुशितलोकमा अभिधम्म देशना गरेको दिनको रूपमा अषाढ पुर्णिमा परिचित रहेको छ । कार्यक्रममा सहभागी सदभावनादुत पाडेँ काजीले कोषलाई दिवशको अपनत्व लिने गरि सदस्य सचिव शाक्यलाई हस्तान्तरण पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?