© २०२३
काठमाडौँ , २७ असार।
काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आगामी २९ असार (आईतबार) सार्वजनिक हुने भएको छ।
मेयर बालेन शाहले आइतबार दिउँसो २ बजे नगरसभा बस्ने जानकारी दिएका छन्। सोही दिन बिहान ९ बजे नगर कार्यपालिका बैठक बस्ने कार्यक्रम पनि तय भएको छ।
यसअघि शुक्रबार बसेको ४०औं नगर कार्यपालिका बैठकमा मेयर शाहले बजेट सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। यसै बैठकमा काठमाडौं महानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट सीमा निर्धारण गरेको हो।
राजश्व परामर्श समितिको बैठकमार्फत तय गरिएको सो सीमा अनुरूपकै बजेट आईतबार नगरसभामा प्रस्तुत गरिनेछ। मेयर शाहले बजेटमार्फत जनचाहनाअनुसार पूर्वाधार विकास र सेवा प्रवाहलाई प्राथमिकता दिइने संकेत दिएका छन्।