ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कपिलवस्तु नगरपालिकाद्वारा दुई सञ्चारकर्मी सम्मानित

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

कपिलवस्तु, २७ असार ।

कपिलवस्तु नगरपालिकाको १८ औँ नगर सभाको दोस्रो बैठकले नगरको विकास निर्माणमा योगदान पुर्‍याएका दुई सञ्चारकर्मीलाई सम्मान गरेको छ । कपिलवस्तु नगरपालिकाको सभा हलमा आयोजित नगर सभाको दोस्रो बैठकमा जिल्लाका क्रियाशील सञ्चारकर्मी गुलाम अली र अजय साहनीलाई जनही २५ हजार नगद सहित सम्मानित गरिएको हो । नगर प्रमुख सुदिप पौडेल, उपप्रमुख सुनिता गुप्ता वैश्य, प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले दुवै सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । नगर सभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८२/८३ को बिनीयोजन विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले कपिलवस्तु नगरपालिका सहित बुद्धको जीवनी जोडिएका पाँच पालिकाले बुद्ध परिथपका लागी योजना निर्माण गरी कार्यक्रम अगाडी बढाएको बताए । पाँचै नगरको टोली अमेरिकाको टेक्सास राज्यमा पुगेका बेला सो राज्यले मार्च १३ को दिन लुम्बिनी एडभोकेसी डेका रूपमा बनाउने बिल पास गरेको र आगामी वर्ष देखी ट्क्सास राज्यमा लुम्बिनी एडभोकेसी डे मनाइने उनले जनाए । कपिलवस्तु नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिएको जनाउदै कपिलवस्तु नगरपालिकाले देवदह नगरपालिकाको सहकार्यमा आगामी आवमा सिद्धार्थ गौतमको विवाह उत्सव समेत मनाउन थालेको प्रमुख पौडेलले बताए । नगरमा आउने पर्यटकलाई आकर्षित गर्न बुद्ध र उनको परिवारको सदस्य र उनको जीवनी दर्शाउने मुर्तिहरु सडकका डिभाईडरमा राखेर बुद्धस्थलको झल्को दिने योजनाका साथ नगर अगाडी बढेको उनले स्पष्ट पारे ।

नगरको नीति तथा कार्यक्रममा नगर भित्रका ५२ सामुदायिक विद्यालय रहेको र सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा यथावत् राखिएको, स्वास्थ्य बिमाको योगदान रकममा ५० प्रतिशत सह लगानी यथावत् रहेको, प्रत्येक वडामा महिनामा कम्तिमा २ पटक एमबिबीएस डाक्टर सहित मोबाईल क्लिनिकको स्वास्थ्य सेवा प्रदान गरिने र क्निलिकले ६० वर्ष माथिका नागरिकलाई निःशुल्क परीक्षण र गर्भवती महिलाको निःशुल्क भिडिया एक्सरे सेवा दिने, बिरामीलाई निःशुल्क रगत र सर्प दंशको उपचार निःशुल्क, सरसफाईको कार्यक्रम गाउँस्तरमा पुर्याउने र फोहर गर्नेलाई कारबाहीको व्यवस्था गर्ने, छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकतामा राख्ने, गरिब असहाय र गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गर्ने, छाडा चौपाया नियन्त्रण गर्न चौपाया तथ्याकं तयार पारि ट्राकिगं गर्ने र प्रत्येक वडामा १ वटा हाईम्याक्स लाईट जडान गर्ने योजना रहेको प्रमुख पौडेलले बताए ।

रामघाटमा शिवधाम निर्माण, टोल विकास समिति गठन गरी सरसफाईका कार्यक्रम, वडास्तरीय खेल प्रतियोगिता सञ्चालन र खेलाडीलाई प्रोत्साहन गर्न र आगामी आवमा लिजामा सुधार गर्न तत्परताका साथ नगरले भूमिका खेल्ने उनको भनाई थियो । नगरको विकास योजनालाई वडाले सहकार्य र सहयोग गर्ने वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बताए । लिजामा अङ्क सुधार गर्न सबै पक्ष लाग्नु पर्नेमा गैरेले जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?