ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम त्रिविको निवृत्तिभरण कोषमा राख्ने

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

 काठमाडौं, २७ असार ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक तथा कर्मचारीबाट असुल गरिने रकम अब निवृत्तिभरण कोष वृद्धिका लागि प्रयोग गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले यसबारे स्पष्ट प्रावधानसमेत उल्लेख गरेको छ।

त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालका अनुसार विश्वविद्यालय मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा लिएर तोकिएको उपाधि नलिएका वा अध्ययनपछि विश्वविद्यालयमा नफर्किएका कर्मचारी र प्राध्यापकहरूबाट असुल गरिने रकम निवृत्तिभरण कोषमा जम्मा गरिनेछ।

गत वर्ष अध्ययन बिदा लिने नाममा विदेश गइ उतै बस्ने, डिग्री नलिइ फर्किने, तलब-भत्ता खानुका बाबजुद सेवामा नफर्किने लगायतका घटनाहरू सार्वजनिक भएपछि त्रिविले छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनअनुसार झण्डै ४ सय प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका थिए, जसबाट विश्वविद्यालयलाई करिब २ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ।

त्रिविले ती शिक्षक तथा कर्मचारीबाट उक्त रकम असुल गर्न प्रक्रिया अघि बढाइसकेको छ। विश्वविद्यालयले यस कदमबाट आर्थिक अनुशासन कायम हुने विश्वास व्यक्त गरेको छ। साथै, यसबाट उठ्ने रकम विश्वविद्यालयको दीर्घकालीन कोषमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

रजिस्ट्रार रिजालका अनुसार, “अब बिदा लिएर नफर्किने, वा तोकिएको डिग्री नलिनेहरूमाथि कडा कारबाही हुनेछ। यससँगै विश्वविद्यालयको आर्थिक अनुशासन बलियो हुने र कर्मचारीको उत्तरदायित्वबोध पनि बढ्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?