ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

गाउँमै स्वरोजगार माध्यम बन्दै उखु खेती

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

गुल्मी, २७ असार ।

गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकहरू व्यावसायिक रूपमा उखु खेतीमा रमाइरहेका छन् । सिँचाइको अभावमा बाँझीएका बारीहरू यति बेला उखु खेतीले ढपक्कै बनेका छन् ।  छत्रकोट गाउँपालिका –४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यति बेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याई नभ्याई छ । बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि न्यौपाने परिवार गुड र खुदो उत्पादन गर्नमा व्यस्त देखिन्छन् ।
गुड र खुदो बिक्री गरेर पाँच महिनाको अवधिमा न्यौपानेले एक करोड रुपैयाँको कारोबार गरिसकेको बताएका छन् ।

गाउँबाट धेरै युवाहरू रोजगारीको खोजीमा भौतारी रहेको अवस्थामा छत्रकोट –४, दिगामका युवाहरू रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यति बेला गाउँमै उखु खेतीमा रमाइरहेका छन् । उनीहरू तीनै जनाले संयुक्त रूपमा एक करोडको प्रोजेक्ट बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गरेका हुन । त्यही उद्योगबाट यति बेला गुड र खुदो उत्पादन गर्दै आइरहेका छन् । रामकृष्ण न्यौपाने
प्रोपाईटर गाउँले ग्रुप अफ इन्डस्ट्रीज

उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीन जना युवाहरू आर्थिक समृद्धिको खोजीमा जुटेका हुन् । गाउँले ग्रुप अफ इन्डस्ट्रीज प्रालि मार्फत उनीहरूले तीन सय रोपनी जग्गा भाडमा लिएर उखु खेती गर्न सुरु गरेका हुन । गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरूले उखुको रसलाई विविधीकरण गर्दै आइरहेका छन् । आधुनिक मेशिनबाट पेलिएको उखुको रसलाई प्रशोधन गरी गुड र खुदोको ब्रान्डिङ् गरिएको छ । उनीहरूले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरूको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपालेलाई उखु प्रशोधनका लागि आधुनिक मेशिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ । उक्त अनुदान रकममा थप गरेर उक्त ग्रुपले १२ लाख भन्दा बढी लगानीमा उखु प्रशोधनका लागि मेशिन जडान गरेका छन् । उक्त मेशिनबाट प्रति घण्टा २५ क्विन्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताए । कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भेरहेको छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ मूल्य पर्दछ ।

गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरू प्रत्यक्ष रूपमा रोजगारीमा जोडिएका छन् । गाउँमै उखुबाट समृद्धि खोज्न थालेका न्यौपानेले कम्पनी मार्फत पाँच महिनाको अवधिमा एक करोड मूल्य भन्दा बढीको गुड र खुदो बिक्री गरिसकेको बताए । “बजारमा दिगामको गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएरहोला उपभोक्ताहरूले पनि खोजी खोजी लैजाने गर्दछन्, कहिलेकाहीँ माग धेरै भएको समयमा हामीलाई पुराउन पनि धौधौ पर्दछ छ, न्यौपानेले भने ।’ कृषि ज्ञानकेन्द्र गुल्मीका वरिष्ठ वालि संरक्षण अधिकृत प्रकाश मरासिनीले अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुड खुदो बिक्री भैसकेको बताए ।

उनका अनुसार जिल्ला भित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुड खुदो बाहिर निर्यात भएको बताइएको छ ।  जिल्लाको छत्रकोट र रुरु क्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा कृषकहरूले उखु खेती गर्दै आएका छन् । जिल्लामा यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल छ सय २५ घरधुरीका कृषकहरू व्यावसायिक रूपमा उखु खेतीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?