© २०२३
आज विश्व जनसङ्ख्या दिवस । यही दिवसको पूर्व सन्ध्यामा सरकारले राष्ट्रिय जनसङ्ख्या नीति २०८२ पारित गरेको छ । जस अनुसार हरेक नेपाली परिवारलाई कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने छ । नेपालको जनसङ्ख्या ऋणात्मक हुँदै गएको अवस्थामा जनसङ्ख्या नीतिमा पुनरावलोकन जरुरी थियो । ढिलै भए पनि सरकारले जनसङ्ख्या नीति ल्याएको छ । यसले अव हरेक दम्पत्तिलाई दुई सन्तान जन्माउन प्रेरित गर्ने मात्र होइन, प्रोत्साहनको खाँचो पनि छ । दुई सन्तान जन्माउने दम्पत्तिलाई सरकारले सरकारी सेवामा सहुलियत दिनु समयको माग हो । किनभने यसअघि जनसङ्ख्या वृद्धि मुलुकका लागि अभिशाप भन्ने गरिएको थियो तर समयले त्यो कुरा अहिले अस्वीकार गरेको छ ।
अब जनसङ्ख्या सन्तुलनमा राख्ने हो भने दुई सन्तान इश्वरका बरदान भनेजस्तै दुई सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा अवको ध्यान जानु जरुरी छ । सन. १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या ५ अर्ब पुगेको अवसरमा आयोजना भएको पपुलेशन समिटले हरेक बर्षको जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवस मनाउने घोषणा गरेपछि हरेक बर्ष यो दिवस मनाउने औपचारिकता सुरू भएको हो । आज विश्व जनसङ्ख्या दिवस मनाईरहँदा विश्वका लागि जनसङ्ख्या वृद्धि मूख्य चुनौति बनेको देखिएको छ । यद्यपि कुनै देशमा भने जनसङ्ख्या बृद्धिको ऋणात्मक संकुचन अर्को चुनौति बन्दै गएको छ । जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद हुने अवस्था पनि छ । किनभने कहीँ जनसङ्ख्या वृद्धि चुनौति भैरहेको छ भने कहीँ अवसरका रूपमा समेत हेर्ने गरिएको छ । जेहोस नेपालले जनसङ्ख्या नीति नै पारित गरि आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ ।
अहिले विश्वका विकसित भन्दा अविकसित मुलुकहरूमा घट्दो जनसंख्याका कारण समस्या उत्पन्न भैरहेको छ । सन्तुलित जनसङ्ख्या बिना कुनैपनि देशको सुरक्षा, विकास र दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न । नेपालकै जनसंख्याको कुरा गर्ने हो भने नेपालको जनसङ्ख्या ३ करोड पुगेको छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसङ्ख्या धेरै रहेको छ । पछिल्लो दसकमा नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । यो जनसङ्ख्या बृद्धिदर चुनौतिको बिषय बन्ने अवस्था आएको छ । जनसङ्ख्या बृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकोले अवको दिनमा जनसङ्ख्या वृद्धि र नियन्त्रणबीच सन्तुलन कायम राख्नु जरुरी छ । पछिल्लोसमय विश्वका बढी जनसङ्ख्या भएका चीन, भारत र रुसले जनसङ्ख्या वृद्धि नियन्त्रणका भिन्न शैली अपनाईरहेका छन् । जनसङ्ख्या बृद्धिको मूख्य चुनौति वातावरण क्षेत्रमा परेको देखिएको छ र आगामी दिनमा पनि यही अवस्था उत्पन्न हुने देखिएको छ । निश्चित रूपमा विश्व जनसङ्ख्या बृद्धिको मारमा थिचिएको छ ।
जनसङ्ख्या बृद्धिले पु¥याउने असरका विषयमा अहिलेदेखि नै सचेत हुन सकिएन भने त्यसले आगामी भविष्यमा निम्त्याउने समस्याको अन्दाज गर्न सकिँदैन । त्यसकारण विश्वले जसरी जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउने गर्दछ । त्यो दिवसलाई सार्थक वनाउन जनसङ्ख्या नियन्त्रण र सन्तुलनका बीचमा गंभीर हुनु जरूरी छ । नेपालको कूल जनसंख्याको २७ प्रतिशत सहरमा बस्छन । जनसङ्ख्या बृद्धिको मूख्य कारण बसाईसराईलाई पनि मानिएको अवस्थामा नेपालले बबसाईसराईको चाप कम गर्नेतर्फ ध्यान पु¥याउनु जरुरी छ । नेपालमा १८ बर्षको उमेरमै धेरै महिला गर्भवती हुने र सन्तान कुपोषित जन्माउने समस्या देखिएको छ । त्यसले बाल मृत्युदर बढाउने चुनौति रहेकोले सरकारले जनसङ्ख्या नीतिमार्फत यो समस्या सम्बोधनमा पनि ध्यान पु¥याउनु आवश्यक छ । जेहोस विश्व जनसङ्ख्या दिवस मनाईरहँदा नेपालले लिएको जनसङ्ख्या नीतिको उद्देश्य र औचित्यका बिषयमा गाउँदेखि सहरसम्म एकपटकका लागि भए पनि जानकारीमूलक अभियान सञ्चालन गर्नु आवश्यक छ ।