© २०२३
काठमाडौं, २६ असार ।
बिहीबार सेयर बजार करिब चार महिनाकै उच्चतम स्तरमा पुगेको छ। नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१ मा पुगेको छ, जुन २८ फागुनयताकै उच्चतम अंकको नजिक रहेको छ। करिब ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको ७ अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै हो।
आज १६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको घटेको छ। वाणिज्य बैंक समूहको सेयर सबैभन्दा धेरै ३.०२ प्रतिशतले बढेको छ।
माइखोला हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशतले सबैभन्दा बढी वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९ प्रतिशतले सबैभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स रहेका छन्। बजारको कुल पूँजीकरण ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।