ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

समुदायबाट समुदायलाई ‘शुद्ध पानी’ 

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

बुटवल, २६ असार ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले उपभोक्ताहरूलाई शुद्ध खानेपानीसँगै सामाजिक उत्तरदायित्वलाई सँगै बोकेर काम गरेको छ । नेपाल सरकारले यो संस्थासँगको सहकार्यमा २०४३ सालमा ४ लाख ५० हजार लिटरको ओभर हेड ट्याङ्की बनाएर खानेपानी वितरण सुरु गरेको थियो । नेपालमै पहिलो पटक ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत उपभोक्ताको लगानीबाट सम्पन्न गरिने निर्माण सह लगानीको अवधारणा यसले सुरु गरेको हो ।

२०५६ साल असारमा सरकारले संस्थालाई नै खानेपानी वितरणको जिम्मा दिएको थियो । त्यो समयमा जम्मा २२ किलोमिटर पाई पलाइनबाट सीमित क्षेत्रमा खानेपानी वितरण हुने गरेको थियो । पाँच सय ४५ वटा नीजि घरमा र ३२ वटा सार्वजनिक गरी पाँच सय ७७ धारा थियो । अहिले आठ हजार एक सय धाराबाट खानेपानी वितरण हुने गरेको छ । सरकारको ४० प्रतिशत र संस्थाको ६० प्रतिशत लगानीमा खानेपानी ट्याङ्की निर्माण गर्ने हामी नेपालकै पहिलो संस्था हौं । संस्थाका प्रशासकीय अधिकृत शान्ता केसी कार्कीले जानकारी दिइन ।

उनले सुरुमा एउटा ट्याङ्की थियो । अहिले दुई वटा बनाइएको छ । ओभर हेड ट्याङ्की बनाउँदा संस्थाले १५ करोड रुपैयाँ लगानी गरेको छ । अहिले सम्ममा २३५ किलोमिटर पाइपलाइन बिस्तार भएको छ भने १०५ वटा चेम्बर निर्माण गरिएको छ । संस्थाले हरेक वर्ष धारा जडान र पाइपलाइन विस्तार बढाउँदै लगेको छ । हाल संस्थाबाट तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि ४ सम्म खानेपानी वितरण भएको छ । हाल मासिक १५ हजार लिटरसम्म न्यूनतम २० रुपैयाँ महसुल तोकिएको छ ।

उनी भन्छिन्, ‘सानो परिवार छ भने १५ हजार लिटरले एक महिना पुग्छ, न्यूनतम २० रुपैयाँ बुझाए भयो । त्यसभन्दा बढी उपभोग गर्नेका लागि पनि अरू संस्थाको भन्दा धेरै सस्तो ।’ त्यसमाथि २१ युनिटसम्म १०२ रुपैयाँ महसुल लाग्छ । यसमाथि २१ युनिटसम्म र १०२ रुपैयाँ महसुल लाग्छ । यही २१ युनिट र १०२ रुपैयाँलाई आधार मानेर ३५ युनिट सम्म प्रतियुनिट १६ रुपैयाँका दरले थप हुन्छ । यस माथि ५५ युनिट सम्म प्रतियुनिट २० रुपैयाँ थप हुन्छ । यसमाथि प्रतियुनिट २५ रुपैयाँ थप हुन्छ । एक युनिट भनेको एक हजार लिटर पानी हो । हाल चार लाख ५० हजार लिटर क्षमताका तीन वटा ओभर हेड ट्याङ्की मार्फत दैनिक १ करोड २५ लाख लिटर खानेपानी वितरण हुने गरेको छ ।

संस्थाले सार्वजनिक स्थानमा शौचालयहरू पनि बनाएको छ । बुटवल–बेलहिया ६ लेन सडक खण्डको योगिकुटीदेखि ड्राइभरटोल सम्म १० वटा सार्वजनिक शौचालय बनाएको छ । शौचालय निर्माणमा कुल १ करोड १६ लाख रुपैयाँ खर्च भएको छ । शौचालय प्रयोग निःशुल्क छ । यी शौचालय बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला रहन्छन् । त्यसै गरी योगीकुटी र ड्राइभर टोलका साप्ताहिक हाटबजारमा र तिनाउ पार्क निर्माण, कुवा संरक्षण, सरसफाइ अभियान, चौपारी निर्माण लगायतका कामहरू गरिरहेको कार्कीले जानकारी दिइन ।

नवलपरासीमा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समुदायको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । २०५५ सालमा स्थापना भएर समुदायमा आधारित कामहरू गरिरहेको छ । समाजलाई सरसफाइका विविध कामहरू गरिरहेको संस्थाका अध्यक्ष दीपक लम्सालले बताए । उनले खानेपानी संस्थाले खानेपानी र सरसफाइ सबैका लागि साधैका लागि भन्ने नारा सहित काम गर्ने गरेको बताए । संस्थाले एक घर एक घारा अभियानलाई सम्पन्न गर्नका लागि नगर र संस्थाको सहयोगमा १७ घरमा निःशुल्क धारा जडान गरेको बताए । सरसफाइका लागि संस्था स्थानीय स्तरमा चाहिने सामग्रीहरू उपलब्ध गराउने गरेको छ ।

उनले खानेपानी सुरक्षा टोली योजना जहाँ बुद्धिजीवी वर्ग, युवा क्लब, आमा समूहका प्रतिनिधिहरूको टोली हो । यो टोलीले घर घरमा मुहानदेखि मुखसम्म शुद्ध पानी उपभोक्ताहरूले पाए पाएनन् भन्ने जानकारी दिने गर्दछन् । विशेष गरी यो टोलीले संस्था र उपभोक्ता बिचमा पुलको काम गर्ने गरेको संस्था अध्यक्ष लम्सालको भनाइ छ । बर्दघाट खानेपानी संस्थानले दुई वटा ४ लाख ५० हजार घन मिटरको टङ्की र जङ्गल मुहान स्रोतको २ लाख ५० हजारको एउटा टङ्कीको सहयोगमा पानी वितरण गरिरहेको छ ।

संस्थाका व्यवस्थापन विष्णुकुमार भुसालले अहिले ४१ सय ५० घर दुरीमा स्वच्छ पानी पुगेको बताए । उनले उपभोक्ताले १० हजार ३ सय रुपियाँ जम्मा गरेपछि धारा जडान हुने बताए । त्योसँगै महिनामा १० हजार लिटर पानी प्रयोग गर्ने उपभोक्ताले एक सय रुपियाँ तिर्नुपर्ने बताए । त्यो सँगै विल पुगेको एक हप्ता भित्र भुक्तानी गरे ५ प्रतिशत कम पैसा लाग्ने, एक महिना सम्म कुनै फाइन नलाग्ने सुविधा रहेको जानकारी दिए ।

अहिलेसम्म यो खानेपानी संस्थामा होटेल व्यवसायले महिना अधिकतम २ हजार रुपियाँ सम्म पानीको भुक्तानी गरेको भुसालले बताए । अहिले सम्म बर्दघाट वडा नं. ४ का स्थानीयले नगरको सहयोगमा संस्थामा रहेको ल्याबमा हप्तामा ४ पटकसम्म परीक्षण गरिएको स्वच्छ पानी प्रयोग गरिरहेको संस्थाको दाबी छ । २४ सै घण्टा पानी पर्याप्त छ । खानेपानी संस्थाले नगर भित्र रहेका १२ ओटै खानेपानी संस्थाको पानीलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ ।

दाड्डको लमहीमा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्ना उपभोक्ताहरूलाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउँदै आएको छ । २०५४ सालमा स्थापना भएको खानेपानी संस्थाले १ सय ३ घरधुरीबाट पानी वितरण सुरु गरेको संस्थाका कार्यालय प्रमुख भगवतीप्रसाद चौधरीले जानकारी दिए । उनले आजसम्म आई पुग्दा ६ हजार ७७ घरधुरीले लमही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत मध्यम गुणस्तरीय पानी प्रयोग गरिरहेको जानकारी दिए । चौधरीले किट ल्यावका लागि भवन अभाव हुँदा आफूहरूले प्रत्येक महिना खानेपानीको क्षेत्रीय कार्यालय नेपालगञ्जमा पानीको गुणस्तरीयताको मापन गर्ने गरेको जानकारी दिए । संस्थाले ५ हजार लिटर सम्म पानी प्रयोग गर्ने उपभोक्ताहरूलाई न्यूनतम १ सय ५० रुपियाँ शुल्क लाग्ने जानकारी दिए ।

यो खानेपानी संस्थाले आफ्ना उपभोक्ताहरूका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ । पानीका मुहान संरक्षणका लागि कार्य योजना नै बनाएर बृक्षरोपण, टोलटोलमा सरसफाइ जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

खानेपानीका तिन तह मध्ये लुम्बिनी प्रदेशबासीले मध्यम गुणस्तरीय पानी खाईरहेको खानेपानी तथा सरसफाइ कार्यालय रूपन्देहीका अधिकृत ईश्वरीप्रसाद आचार्यले बताए । आधारभुत तहको पानी, मध्यम गुणस्तरीय पानी र उच्च स्तरको खाने पानीका तह रहेका छन् । नेपालमा अहिले सम्म पनि उच्च तहको खानेपानीको कल्पना गर्न नसकिएको आचार्यले जानकारी दिए ।

उनले खानेपानीका कारण उपभोक्ताहरूलाई गम्भीर असर परेमा सम्बन्धित निकाय क्षतिपूर्ति भर्नुपर्ने व्यवस्था ऐनमा भएपनि अहिले सम्म यस्तो उजुरी नआएको बताए । खानेपानी शुद्ध भएमा मात्र पनि धेरै रोगहरूबाट बचाउन सकिने बताए । यसले स्वास्थ्य  क्षेत्रमा सहज अवस्था सृजना भएको बताए । यो अवस्था आउनलाई २०७५ सालमा भएको खुल्ला दिशामुक्त अभियानको ठूलो योगदान छ आचार्यले भने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?