ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

बुटवल उपमहानगरको बजेट पारित

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

बुटवल, २६ असार ।

बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । बुधबार नगर सभाको १७औँ अधिवेशनको पाँचौँ बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो । बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ ।

सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्याङ्कन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँच पास तथा फरफारक समिति र सुशासन समिति प्रतिवेदन पारित भएको छ । सभाको समापनका अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई समानता स्वाभिमान र अवसरसहितको बस्न योग्य सहर बनाउनका लागि सबैको सहकार्य जरुरी रहेको बताए । उनले नगरलाई सफा स्वच्छ र सुन्दर नगर बनाउने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले आगामी वर्षलाई शिक्षा, स्वास्थ्यका साथसाथै पर्यटन र कृषिलाई प्राथमिकताका साथ कार्यक्रम तय गरिएको बताए ।

उनले बुटवललाई भौतिक पूर्वाधार विकासमा मात्रै नभई मानव संसाधनको विकासमा समेत अग्रणी सहर बनाउने गरी योजनाहरू ल्याएको बताए । आगामी आर्थिक वर्षमा करिब १० हजार भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने गरी बुटवल उपमहानगरपालिकाले नाप जाँचमा लगानी गरेको र सोही अनुसारको जनशक्ति परिचालन गरेको उनले बताए । सभामा बोल्दै उनले बुटवलबाट प्रदेशको राजधानी सार्ने क्रममा बुटवललाई प्रदेशकै आर्थिक केन्द्र बनाउने भनिए पनि कुनै कार्यक्रम नआएकाले प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउने र बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि अगुवाइ गर्ने बताए ।

सभामा बोल्दै उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवललाई सबल र सम्पन्न सहर बनाउनका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताइन् । उनले हालसम्म भएका उपलब्धिलाई अझ परिस्कृत गर्दै अगाडि बढ्ने बताइन् । बुटवल उपमहानगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्य अगाडि सारेको थियो ।

प्रमुख पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताएका थिए ।
बुटवलका गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगारकाकार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूसँग समन्वय गरिने पनि उल्लेख छ ।
‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिने नीतिमा उल्लेख छ । पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरू निर्माण गरिनेछ ।

असार १० गते बजेट पेस गर्दै उपप्रमुख सावित्रीदेवी अर्यालले कुल बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने बताइन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान उनले पेस गरेकी थिइन् । बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि एक करोड, पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

विद्यालयहरूको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधारमा एक करोड, छात्राहरूलाई निःशुल्क अध्ययनका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोसाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्न ७० लाख बजेट विनियोजन भएको छ ।यस्तै ज्येष्ठ नागरिक र असहायहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रमका लागि ९० लाख, महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट विनियोजन भएको छ ।

झुम्सा खानेपानी बुटवलमा ल्याउन पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि दुई करोड, गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि तीन करोड, उद्यमी महिलाहरूका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रूपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरूलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न तीन करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि पाँच करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन् । किसानहरूका समूहलाई उपकरण खरिदमा अनुदान दिन एक करोड, दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहनस्वरूप अनुदान दिन ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ । यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि एक करोड ५० लाख, पुनः नापी गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?